Home / Feature Breaking news / वडाको विकासका लागि कृषि र पर्यटनमा हाम्रो ध्यान छः सार्की

वडाको विकासका लागि कृषि र पर्यटनमा हाम्रो ध्यान छः सार्की

स्थानीय तहको निर्वाचनको भएको करिव डेढ वर्ष भइसकेको छ । यो बीचमा वडाबाट के के विकास निर्माणका कार्यहरु भएका छन् । निर्वाचनको क्रममा गाउँमा सिंहदरबार आउँछ भनिए पनि अहिले जनताहरुले त्यसको अनुभुति गर्न पाएका छन । त्यस्तै घोराही उपमहानगरपालिका वडा ४ मा सिमेन्ट उद्योग रहेको छ । यहाँ बर्षेनी धुलोको समस्याका कुरा उठ्ने गरेको छ । यी समस्याहरुलगायत डेढ वर्षको अवधिमा स्थानीय तहबाट गरिएका काम र आगामी विकास निर्माणका योजनाहरुका बारेमा घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भिमबहादुर सार्कीसँग पत्रकार लिलाधर वलीले गरेको कुराकानीको सार संक्षेप ।

स्थानीय तहको निर्वाचन भएको झण्डै डेढ वर्ष हुन लागेको छ ,यो समयमा के के काम गर्नुभयो ?

स्थानीय तहको निर्वाचन भएको करिब डेढ वर्ष हुन लागेको छ । यो समयमा हामीहरुले गर्न सक्ने धेरै काम गरेका छौँ । यद्यपि पहिलो बर्ष भएकाले धेरै काम गर्न सकिएन पनि । यद्यपि केही विकास निर्माण तथा क्षमता विकासका कामहरु गरेका छांै । अहिले पनि स्थानीय तह सञ्चालनका लागि कतिपय कानुनहरु बन्ने क्रममा छन् ।
हाम्रो वडावासीको मुख्य समस्या खानेपानी, सिचाई, सडक, स्वास्थ्यलगायतका रहेका छन । त्यी समस्याहरुलाई समाधान गर्ने प्रयास गरेका छौ । घोराही उपमहानगरपालिका वडा नं. ४ सुगम र दुर्गम दुवै क्षेत्रमा पर्ने गरेको छ ।

यो वडा दलित, जनजाति, अतिसीमान्तकृत जातिहरुको बसोवास रहेको क्षेत्र रहेकाले क्षमता अभिवृद्धिलगायतका आत्मनिर्भर बनाउने काम पहिलो वर्ष ग¥यौं । यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिने विचार गरेका छांै । वडावासीको माग र आवश्यकतालाई मध्यनजर गरी वडामा लक्ष्मीपुरचोकदेखि सवारीकोट जोड्ने सडक, गोग्लीदेखि तल्लो भकारे जोड्ने सडकको नयाँ ट्रयाकदेखि खानेपानीको समस्या समाधानका लागि चार वडा योजना केन्द्र र प्रदेश सरकारलाई भनेर यो बर्ष पार्न सफल भएका छौ । योजना निर्माण सम्पन्न भएपनि वडामा खानेपानी र सिचाईको समस्या अन्त्य हुनेछ ।

त्यस्तै वडालाई कृषि र पर्यटनका रुपमा विकास गर्न सकिने भएकाले कृषिको विकास लागि सिचाई र पर्यटन विकासकामा समेत ध्यान दिएका छौ ।
त्यस्तै वडा न ४ का केही दुर्गमवस्तीहरु रहेका छन । त्यहासम्म मोटर बाटो पु¥याउने कामका लागि सडकको ट्याक खोलेका छौ । आगामी दिनमा स्तरवृद्धि हुने छ । त्यस्तै वडावासीलाई सम्पत्ति करलगायतका अन्य करहरु तिर्न घोराही जानुपर्ने बाध्यता हटाउन वडा कार्यालयबाटै अनलाइन माध्यमबाट कर संकलनको व्यवस्था गरेका छांै ।

घोराही उपमहानगरपालिकाका १९ वडाहरु मध्य वडा ४ लाई छुट्टै पहिचान झल्कने गरी विकास गर्न सकिन्छ ?

घोराही उपमहानगरपालिकाका १९ वटा वडाहरु मध्य वडा नं ४ लाई अघि फरक रुपमा विकास गर्ने पलानमा छौँ । वडाको विकासको सम्भावना भनेकै कृषि र पर्यटन हो । वडाको तल्लो कृषिका लागि उपयुक्त क्षेत्रलाई कृषि पकेटका रुपमा विकास गर्ने हाम्रो योजना रहेको छ । अहिले त्यही अनुसार सिचाईका लागि हाईड्याम्प निर्माणदेखि डिपवारिङका योजनाहरु परेका छन । सिचाईको सुविधा हुने हो भने हामीहरुले वडामा कृषिका माध्यमवाट धेरै विकास गर्न सकिन्छौ । त्यसका लागि किसानहरुलाई तालिमदेखि उन्नतजातको विउँ समेत प्रदान वडाले प्रदान गर्ने हाम्रो योजना रहेको छ ।

त्यस्तै हाम्रो वडाको सवारीकोटलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । त्यसका लागि त्यहाँसम्म पुग्ने मोटरवाटो आवश्यक रहेको छ । मगरग्रामलाई होमस्टेको रुपमा विकास गर्दै त्यहाँ रहेको गुम्वाको विकासदेखि मन्दिर, चर्च निर्माण गरेर सवै धर्मको आस्थाको केन्द्रका रुपमा विकास गर्ने योजना समेत रहेको छ । त्यही अनुसार अहिले हाम्रो वडामा काम समेत भईरहेको छ । त्यस्तै सवारीकोटमा प्याराग्लाईडिङको समेत सम्भावना रहेकाले त्यससँगै लक्षिणपुरदेखि सवारीकोट, धिमधिमे, बोजपोखराहुँदै स्वर्गद्धारीसम्म जोड्ने गरि केवुलकार सञ्चालनका लागि आफुले मुख्यमन्त्रीदेखि केन्द्र सरकारलाई समेत पत्र लेखेको छु ।

घोराही उपमहानगरपालिकाको विकासका लागि सवारीकोटको विकास गर्न आवश्यक छ । यहाँको विकासले हाम्रो वडालाई मात्र विकास गर्ने होइन समग्रा दाङकै घोराही उपमहानगरपालिकै विकास हुने भएकाले सवारीकोटलाई पर्यटकिय केन्द्रका रुपमा विकास गर्न सवैले ध्यान दिऔँ ।

तपाईको वडामा घोराही सिमेन्ट उद्योग रहेको छ । त्यहाँ बर्षेनी सिमेन्ट उद्योगका कारण धुलोको समस्या भयो भन्ने स्थानीयहरुको गुनासो आउने गर्दछ । धुलोको समस्या हटाउन तपाईले केही प्रयास गर्नुभएको छ ?

तपाईले भने जस्तै वडामा पहिले धुलोको समस्या हुने गरेको भन्ने गुनासो आउने गरेको थियो । तर अहिले त्यो समस्या अलि कम भएको छ । त्यो समस्या समाधानकालागि अहिले उद्योग अघि बढेको छ । धुलो मापन गर्ने यन्त्र समेत लक्ष्मीपुरमा राखेर धुलो नियन्त्रणका लागि काम गरिरहेको छ ।

धुलो नियन्त्रणसँगै उद्योग स्थापना गर्दा स्थानीयलाई प्रदान गर्ने सेवा सुविधाहरु पनि प्रधान गरिरहेको छ । उद्योगले उद्योगवाट मुनाफासँगै बर्सेनी शिक्षा, सडकलगायतका क्षेत्रमा बजेट बिनियोजन गरेर वडाको विकासमा सहयोग पु¥याएको छ । यो हाम्रा लागि सुखद काम पनि हो । यद्यपी वडामा सिमेन्ट उद्योगका कारण धुलोको पनि समस्या हुने गरेको छ । त्यो समस्या समाधानकालागि उद्योगले समयमै ध्यान दिनुपर्छ भन्ने हाम्रो माग हो ।

एक वर्षको अवधिमा विकासको लागि वडावासीको मुख्य अपेक्षा के पाउनुभयो ?

वडावासीको अपेक्षाका बारेमा मैले अघि भनिसकेको छु । यो वर्ष सिकाईको वर्षका रुपमा बितेको छ । जनताले विकासको तुरुन्तै प्रतिफल खोज्ने गरेका हुन्छन् । तथापि हामीहरुले गर्न सकेका छैनांै । हाम्रो वडामा खानेपानी र सिचाईको समस्या हो । त्यस्तै सडक र स्वास्थ्यको पनि हो । यद्यमी घोराही नजिकै रहेपनि गाउँमै सेवा पाउन खोज्नु नागरिकको अधिकार पनि हो ।

त्यही निर्वाचनका क्रममा पनि धेरै वडावासीहरुले खानेपानीको समस्या छ भन्ने गुर्नभएको थियो । त्यही अनुसार अहिले ४ वटा खानेपानीका योजनाहरु पार्न सफल भएका छौ । यी खानेपानी योजनाहरु निर्माण भने वडामा खानेपानी समस्या समाधान हुनेछ । त्यस्तै सिचाइृका लागि डिपबोरिङ खन्ने योजना परेको छ । त्यस्तै ड्याम्पहरु ीनर्माण भएका छन । त्यसले सिचाईको समेत समस्या समाधान गर्ने छ । वडामा स्वास्थ्यको समस्या रहेको छ । स्वास्थ्यमा देखिएको समस्या समाधानका लागि मैले उपमहानगरपालिकादेखि मन्त्रीलाई समेत भन्ने गरेको छु । आशा छ त्यो समस्या पनि समाधान हुनेछ ।

नागरिकको अपेक्षालाई अब कसरी संबोधन गरेर जानुहुन्छ ?

हाम्रो काम भनेकै वडाको विकास गर्ने हो । जनताको आवश्यकतालाई पुरा गर्ने हो । हामीले निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्ने हो । त्यही अनुसार अहिले जनताको आवश्यकता र चाहनालाई पुरा गर्ने गरी भौतिक पूर्वाधार तथा सामाजिक विकासतर्फ क्षमता विकासका काम गरिरहेका छांै । त्यही अनुसार गतवर्ष हामीहरुले वडाका दलित, जनजाति, महिलाहरुका लागि क्षमताअभिवृद्धिदेखि सिपमुलक तालिम सञ्चालन ग¥यौ । त्यस्तै वडाका समस्याहरुलाई आवश्यकताका आधारमा समाधान गर्दै अघि बढेका छौ ।
वडाको विकासका लागि अहिलेको बजेट प्राप्त छैन । त्यसैले क्रमश विकासका निर्माण,स्वास्थ्य, विद्युत,शिक्षालगायतका कृषि र पर्यटनको विकासलाइृ अघि बढाउने योजना हाम्रो रहेको छ । त्यसमा वडावासीहरुले साथ दिनुहुनेछ भन्ने मेरो आशा रहेको छ ।

चालु आर्थिक वर्षमा वडा कार्यालयको बजेट कति छ ?

वडामा आएको जम्म्मा बजेट एक करोड रहेको छ । हाम्रो वडा दुर्गम क्षेत्र पनि रहेकाले विकास गर्न प्राप्त छैन । उक्त बजेटको ६० लाख रुपैयाँ पूर्वाधार विकासमा छ । सामाजिक विकासतर्फ ३० लाख रुपैयाँ र कार्यालय सञ्चालनतर्फ १० लाख रहेको छ । त्यही अनुसार अहिले वडामा विकास निर्माणका कार्यहरु भइरहेका छन् ।

वडा कार्यालयले प्रदान गर्ने सेवा कतिको प्रभावकारी छ ?

जनताको सेवाका लागि हामी कार्यालयमा अपडेट छौ । कार्यालयमा कर्मचारीहरु पनि हुनुहुन्छ । हाम्रो वडा कार्यालयको भवन पुरानो र साघुरो भएका कारण केही समस्या भएको छ । त्यो बाहेक अरु केही त्यस्तो समस्या रहेको छैन । वडा कार्यालयको आफनै जग्गा भएकाले भवन निर्माणका लागि केन्द्रमा भनिसकेको छु । आगामी तीन बर्षभित्र नयाँ भवन बन्ने बताउनुभएको छ ।

नीतिगत समस्याका कारण केही काममा सेवाग्राहीले दुःख पाउनुभएको हुन सक्छ तर कार्यालयबाट सहजै हुन सक्ने सेवामा हामीले कुनै पनि सेवाग्राहीहरुलाई दुःख दिने गरेका छैनौ । यसैले गर्दा हामीले प्रदान गर्ने सेवाहरु प्रभावकारी नै रहेका छन् । वडावासीलाई प्रभावकारी सेवा प्रदानका लागि हामी लागि रहेका छौ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

मैले धेरै कुरा माथि भनिसकेको छु । हामी वडाको जिम्मेवारी सम्हालेको करिव डेढ बर्ष भएको छ । त्यो समयमा हामीले धेरै काम गरेका छौ । तर थोरै बजेटले अहिले वडामा काम गर्न समस्या हुने रहिछ । वडावसीका धेरै चाहनाहरु रहेका छन । त्यसअनुसारको बजेट छैन । जनताको चाहना अनुसारको काम नहुदा जनता रिसाउने स्वभाविककै हो । तर जनताको चाहना र आवश्यकता भन्दा पर गएर मैले विकास गरेको छै । अन्त्यमा मेरो र वडाको विचार राख्ने अवसर दिएको तपाई र अनलाईन पत्रिकालाई धेरै धेरै धन्यावाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*