Home / समाचार / विवाहबाट फर्कदै गरेको स्कारपीयो बससँग ठोक्कीदा एकै घरका ३ सहित ६ जनाको मृत्यु

विवाहबाट फर्कदै गरेको स्कारपीयो बससँग ठोक्कीदा एकै घरका ३ सहित ६ जनाको मृत्यु

दाङ, २७ मंसीर

बस र स्कारपियो ठोक्कीदा दाङमा ६ जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिकै स्कारपियो र वस ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

जन्ती गएर चितवनबाट बाँके फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगर बाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको वस ठोक्किएर दुर्घटना भएको हो । स्कारपियोमा सवार ८ जना मध्य ६ जनाको मृत्यु भएको छ । २ जना घाइतेको कोहलपुर उपचार भैरहेको छ ।  दुर्घटनमा परि एकै घरका तीन जनाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा दुलाहाका बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ बर्षिय मानबहादुर केसी, ४५ बर्षिय आमा विमला खत्री, नाती ५ वर्षीया प्रविण केसी, ४९ बर्षिय बिश्वनाथ अधिकारी, ३१ बर्षिय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ बर्षिय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

दुर्घटनामा ४५ बर्षिय गितादेवि खत्री र चालक २१ बर्षिय यमबहादुर मगर घाइते छन् । दुलहि लिएर अर्को स्कारपियोमा दुलहा थिए । बुवा(आमा र आफन्न चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*