Home / Feature Breaking news / प्राथमिक उपचारको लागि जनशक्ति तयार

प्राथमिक उपचारको लागि जनशक्ति तयार

बिमला घर्ती
घोराही । श्याम नारायण चौधरी एम्बुलेन्स चालक हुनु । फ्लोरेन्स हस्पिटल प्रालीको रा १ च ७८६ नम्बरको एम्बुलेन्स चलाउन लागेको करिव १० महिना हुन आँट्यो । यो समयमा धेरै थरीका बिरामी बोकेको अनुभव उहासंग छ । बिरामीसंगको व्यवबहार र गर्नुपर्ने प्राथमिक उपचारको बारेमा उहाँ अनभिज्ञ हुनुन्थ्यो । कस्तो खालको बिरामीलाई कसरी राख्ने भन्ने सम्मपनि उहाँलाई थाहा थिएन् । तर अहिले उहाँ जस्तो कुनै स्थितिमा पनि प्राथमिक उपचार गर्न सक्ने हुनुभएको छ ।

रेडक्रस दाङको आयोजनामा भएको प्राथमिक उपचार सम्बन्धि चार दिनको तालिममा सहभागि भएसंगै उहाँ प्राथमिक उपचारको लागि पोख्त भएको अनुभव सुनाउनुभयो । यस्तै गढवा गाउँपालिका ६ का शोभाराम थारु उहाँ पनि एम्बुलेन्स चालक हुनुन्छ । आइएम बहुउद्देश्यीय सहकारी संस्थाको रा १ च ७१७ नम्बरको एम्वुलेन्स चलाउन लागेको एक बर्ष पुग्यो । उहाँको यो समयअवधीको अनुभव पनि प्राथमिक उपचारको आवश्यकता छ । सबै खालका बिरामीहरुलाई ओसार पसार गर्नुभएका उहाँ अव आवश्यकताको आधारमा प्राथमिक उपचार दिन सक्ने हुनुभएको छ ।

यस्तै मा.वि रझेनाका शिक्षक गिरीप्रसाद भट्टराइलाई पनि तालिम फलदायी लाग्यो । शुरुमा त्यती वास्ता नलागेको तालिम सहभागि भैसकेपछि उत्साहीत देखिनुभयो । स्कुलमा बिद्यार्थीहरुलाई चोटपटक लागेको समयमा अकस्मात आएको ज्वरो र बिभिद समस्यालाई सम्बोधन गर्न सक्ने हुनुभयो । दैनिक जीवनयापनको समयमा र हुने घटना दुर्घटना र विपदको मसमयमा आवश्यक भएको प्राथमिक उपचार तालिममा सहभागि भएकाहरुको सोच बदलिएको छ ।

पहिलो पटक तालिममा सहभागि भएका एम्वुलेन्स चालकदेखि शिक्षकहरुसम्म सवैले मानव सेवा भाव अनुसार विपदमा परेका नागरिकलाई प्राथमिक उपचार गर्न सक्ने भएको बताउनुभयो । बिरामी बोकेको समयमा दुर्घटना परेका र अंगभंग भएका विरामीलाई समेत कसरी राख्ने ज्ञान नभएको तालिममा सहभागि एम्बुलेन्स चालकहरुले बताएका थिए । ‘हाड भाच्चिएका बिरामीलाई एम्बुलेन्समा राख्दा जोडले फालिन्थ्यो, केही वास्ता हुनेथिएन् । तर हामी गलत रहेछौ अहिले आउदा थाहा भयो ।’ उनिहरुको भनाई थियो । ‘चोटपटकको समयमा व्यक्तिलाई सहजीकरण गर्न हाम्रो भूमिकालाई बलियो बनाउनेछौ ।’ तालिममा सहभागी भएकाहरुको भनाई थियो ।
हरेक एक सयजना मध्य नौ जनालाई हरेक दिन केही न केही प्राथमिक उपचार आवश्यक पर्छ, । एक हजारलाई आकस्मिक उपचार आवश्यक पर्नेमध्य पाँचजनालाई सिपिआर अति आवश्यक पर्ने स्वास्थ्य बिज्ञले बताएका छन् । घाउ, चोटपटक, झाडापखाला लगायत साधारण उपचार विधिलाई प्राथमिक उपचार तथा मुटु र श्वासप्रश्वास प्रक्रिया चलाउन सिकाइने विधिलाई सिपिआर भनिन्छ ।

सिपिआर तालिम लिएकाले अस्पताल पुग्नुअघि अकालमा हुने ७० प्रतिशतसम्मको मृत्युलाई घटाएको एक अध्ययनले देखाएको छ । विशेषगरी विद्यालय तहका छात्रछात्रा तथा समुदायमा प्रदान गरिएका प्राथमिक उपचार तथा सिपिआर तालिमले अकालमा हुने मृत्युलाई कम गर्न सहयोग पु¥याएको अध्ययनले देखाएको छ ।

रेडक्रस दाङले यही प्राथमिक उपचारको तालिम संचालन गर्दै आएको छ । नागरिकहरुको आकस्मिक उपचारको लागि जनशक्ति तयार भैरहेका छन् । घोराहीमा २४ जना बिभिन्न क्षेत्रका व्यक्तिलाई सहभागि गराई तालिम दिइएको छ । तालिमका प्रशिक्षक केशर गौतमले विपद्का अवस्था अर्थात आकस्मिक समयको पहिलो उपचार नै प्राथमिक उपचार भएको बताउनुभयो । यसले अकालमा हुने मृत्युलाई घटाउन सकिने बताउनुभएको थियो । प्राथमिक उपचार र सिपिआर तालिम हरेक नागरिकले लिन आवश्यक भएको अर्का प्रशिक्षक प्रकाश डाँगीले बताउनुभयो । जसअनुसार पछिल्लो समयमा जिल्लाका बिभिन्न स्थानमा तालिम आयोजना गरिएको जानकारी गराउनुभयो ।

मंगलवार घोराहीमा समापन भएको प्राथमिक उपचार तालिमलमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डितले प्राथमिक उपचारको अवधारणा महत्वपूर्ण भएको बताउनुभयो । बिरामीको अवस्था सुधारका लागि र थप क्षती हुन नदिनका लागि प्राथमिक उपचारले भूमिका खेल्ने उहाँको भनाई थियो । स्वास्थ्य संस्था नभएका दुर्गम क्षेत्रका नागरिकहरुलाई प्राथमिक उपचार बिधिले बिरामीको ज्यान बचाउन मद्धत गर्ने बताउनुभयो । प्राथमिक स्वास्थय कर्ता सहितको ‘क’ बर्गको एम्बुलेन्स जिल्लाका स्वास्थ्य संस्थामा नभएका कारण पनि प्राथमिक स्वास्थ्य कार्यकर्ताहरुलाई बढाउन आवश्यक भएकोमा जोड दिनुभयो ।

रेडक्रस दाङका उपसभापती इश्वर पोखरेलको अध्यक्षतामा तालिम समापन कार्यक्रम भएको हो । चार दिनसम्म संचालित तालिमका प्रशिक्षकहरुमा केशर गौतम, अर्जुन आचार्य, चन्द्रिका न्यौपाने, प्रकाश डाँगी, प्रकाश श्रीवन्द रहनुभएको थियो । कार्यक्रमको संचालन अंशु ढकालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*