Home / समाचार / विद्यार्थीलाई न्यानो कपडा वितरण

विद्यार्थीलाई न्यानो कपडा वितरण

स्मृति योगी
दाङ,२५ मंसिर । स्वर्गीय खेमकुमारी श्रेष्ठको स्मृतिमा गुरुजजुर माध्यमकि विद्यालयमा अध्ययरत अपांगता भएका विद्यार्थीहरुलाई न्यानो कपाड वितरण गरिएको छ तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँ निवासी श्रेष्ठ परिवारले स्वर्गीय आमा खेमकुमारी श्रेष्ठको स्मृतिमा विद्यालयमा अध्ययन शारीरिक अपांग, बहिरा, दृष्टिविहिन गरि करिव १०० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

त्यस अवसरमा छोरा तथा बुहारीहरु रमेश श्रेष्ठ, श्रीमती ज्योत्स्ना श्रेष्ठ,आष्वीणी श्रेष्ठ, रोशनी श्रेष्ठ,कुमार श्रेष्ठ, श्वता श्रेष्ठ, छोरी ज्वाई अर्जुन राजभण्डारी, सिता राजभण्डारीले विद्यालयमा पुगेर विद्यार्थीहरुलाई कपडा वितरण गरेका हुन । मृतकको बुहारी ज्योत्स्ना श्रेष्ठको अध्यक्षतामा तथा विद्यालयका प्रअ बिष्णुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकोे थियो । कार्यक्रममा प्रमुख अतिथि आचार्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिसो समयमा न्यानो कपडा वितरण गरेर राम्रो काम गरेको भन्दै प्रसंशा गरेका थिए ।

कक्षा १२ मा अध्ययनरत बहिरा विद्यार्थी बन्देबहादुर खत्रीले आफुलाई न्यानो कपडा वितरण गर्ने श्रेष्ठ परिवारलाई धन्यावाद ज्ञापन गरेका थिए । त्यसअवसरमा दोभासेको काम शिक्षिका झरणा केसीले गरेकी थिइन भने कार्यक्रमको सहजीकरण शिक्षक प्रमोद न्यौपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*