Home / Feature Breaking news / दाङमा संगठन विस्तार गर्दै नेविसंघ

दाङमा संगठन विस्तार गर्दै नेविसंघ

दाङ,२२ मंसिर । संगठन विस्तार अभियान अन्तर्गत जिल्लामा नेपाल विद्यार्थी संघले ईकाई गठन प्रक्रियालाई बढावा दिईरहेको छ । आसन्न नेविसंघको महाधिवेशन तथा संगठनलाई मजवुत बनाउनका लागि नेविसंघले विभिन्न क्याम्पसहरुमा ईकाई गठन तिब्र रुपमा गरिरहेको हो ।

नेविसंघको महाधिवेशन पुस अन्तिममा तोकिएको छ । संगठन बिस्तार अभियानमा रहेको नेविसंघले घोराहीका चारवटा क्याम्पसमा ईकाई समिति विस्तार गरेको छ । ‘संगठनलाई थप मजवुत बनाउन र आसन्न महाधिवेशनलाई लक्षित गर्दै हामीहरु संगठन बिस्तार अभियानमा लागेका हौँ,’ क्याम्पसहरुमा ईकाई समिति गठनका लागि खटिएका जिल्ला प्रतिनिधि तथा जिल्ला सदस्य निरज गिरीले भने,‘क्याम्समा ईकाई गठन हुँदै हामीहरु महाधिवेशनका लागि तयारीमा जुटिरहेको अवस्था हो ।’ उनका अनुसार सुरुमा क्याम्पस ईकाई हुँदै नगर,गाउँपालिका र जिल्ला अधिवेशन हुनेछन् ।

यसैविच घोराहीका पद्मोदय क्याम्पस,दाङ भ्याली क्याम्पस र राप्ती ईन्जिनीयरिङ कलेजमा ईकाइ गठन गरिएको छ । पद्मोदय क्याम्पसमा तिलक दाहालको नेतृत्वमा ईकाई समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा नर्मदा पाण्डे,सिर्जना न्यौपाने,जनक पुन, सचिवमा समन केसी, सहसचिवमा सम्झना कुँवर,कोषाध्यक्षमा सम्राट केसी लगाएत अन्य सदस्य रहनु भएको छ ।

दाङ भ्याली क्याम्पसमा सुरेन्द्र बुढामगरको अध्यक्षतामा ३४ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा शारदा शाक्य,सन्तोष भट्राई र अरबिन्द पोख्रेल, सचिवमा बिमला बिक,सहसचिवमा एकदीप हमाल र सुलभ खड्का, कोषाध्यक्षमा किरण भण्डारी लगाएत अन्य सदस्य रहेका छन् ।

त्यसैगरि राप्ती ईन्जिनीयरिङ कलेजमा कृष्ण खड्काको अध्यक्षतामा १७ सदस्यीय ईकाई समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा मोहन साउद, लोकेश जेठारी, डम्मर रावत,ललीता डाँगी रहनु भएको छ । यसैगरि सचिवमा मुश्कान मल्ल,सहसचिवमा रमेश बोहरा, कोषाध्यक्षमा मन्जु केसी लगाएत अन्य सदस्य रहेको अर्का प्रतिनिधि तथा जिल्ला सदस्य प्रेम डाँगीले जानकारी दिनु भएको छ ।

नेविसंघले यसअघि दीपशिखा क्याम्पसमा युगेश गोराथोकीको अध्यक्षतामा १९ सदस्यीय ईकाई समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*