Home / Feature Breaking news / काठमाण्डौका लागि छुटेको हाइस नास्ता पसलमा पसेपछि….

काठमाण्डौका लागि छुटेको हाइस नास्ता पसलमा पसेपछि….

दाङ, २१ मंसिर । शुक्रवार विहानै अम्विकेश्वरी सार्वजनिक राप्ती यातायात व्यवसायी समितिको एउटा हाइस दाङवाट काठमाण्डौका लागि छुट्यो । ११ जना यात्रु लिएर छुटेको बा ३ ख ८५९३ नम्बरको हाइस गाडी देउखुरीको राप्ती गाउँपालिका वडा नं.५ कमलरोड सिसहनियाँमा एक पसलमा पसेको हो ।

गाडीको स्ट्रेरिङ फेल भएर अनेन्त्रीत हुदा हाइस नास्ता पसलमा पसेको हो । उक्त दुर्घटनामा मानबिय क्षति नभएको सिसहनिया प्रहरी चौधरीका इन्चार्ज गिरिराज पोख्रेलले जानकारी दिए । गाडिको स्टेरिङ्ग फेल भएर सडक किनारमा रहेको मंगलप्रसाद चौधरीको नास्ता पसलमा पस्दा पसलमा करिव ६०÷७० हजारसम्मको पसलमा क्षति भएको ईञ्चार्ज पोख्रेलले जानकारी दिए ।

हाइस पसलमा ठोरिएपछि नास्ता पसल र डागीमा गरि करिब एकलाख बराबरको क्षति भएको छ । हाइस विहान ७ बजेतिर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*