Home / Feature Breaking news / खेलकुद राष्ट्रको गहनाः सांसद डागी

खेलकुद राष्ट्रको गहनाः सांसद डागी

दाङ,१९ मंसिर । खेलकुद राष्ट्रलाई र खेलाडीहरुका लागि गहना भएको प्रदेशसभा सदस्य अमरबहादुर डागीले बताएका छन । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्लास्तरिय खेलाडी छनोट प्रतियोगिताको बुधावार दाङको बेलझुण्डीमा उदघाटन गर्दै प्रदेश सदस्य डागीले यस्तो बताएका हुन । उनले दाङ जिल्लालाई खेलकुदको हवका रुपमा विकास गर्न सकिने समेत बताए ।

8 ohau

त्यसका लागि अहिले दाङ उपत्यकासहित देउखुरीमा खेलकुदका संरचनाहरु निर्माण भईरहेको बताए । कार्यक्रमका प्रमुख अतिथि रहेका डागीले स्वास्थ्यका लागि समेत महत्वपुर्ण मानिने खेलकुदको विकासका लागि अहिले जिल्लामा ऐतिहासिक रुपमा खेलकुदका संरचनाहरु निर्माण हुन थालेको बताएका हुन । ‘बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्याराफिट निर्माण हुदैछ। त्यस्तै देउखुरीमा क्रिकेट निर्माण निर्माणको चरणमा छ’,प्रदेशसभा सदस्य डागीले भने,‘यी संरचनाहरुले जिल्लाको खेलकुदको विकासमा महत्वपुर्ण भुमिका खेल्नेछ ।’ खेलकुद व्यक्ति स्वास्थ्यका लागि समेत महत्वपुर्ण हुने भएकाले प्रत्येक स्थानीय तहरुले आ–आफनो ठाउँमा खेल मैदान निर्माण गर्नुपर्ने उनको भनाई थियो ।

जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष डिल्ली डागीको अध्यक्षतामा भएको कार्यक्रममा मध्यपश्चिम खेलकुद विकास समितिका पूर्वअध्यक्ष जोगबहादुर राना, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष हुकुमबहादुर बस्नेत, जिल्ला खेलकुद विकास समितिका पूर्वकोषाध्यक्ष भोजराज वली, नेपाल ह्याडवल संघका केन्द्रीय सदस्य पिताम्वर आचार्यलगायतले प्रतियोगिताको सफलताको सुभकामना व्यक्त गरेका थिए । जिल्ला खेलकुद विकास समिति दाङका कोषाध्यक्ष कैलाश रोका मगरको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण टोपेन्द्र थापाले गरेका थिए ।

आउने माघ महिनामा हुन थालेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १९, २० र २१ गते गरि तीनदिनसम्म खेलाडी छनोट गरिदैछ । प्रतियोगितामा भलिबल, कवडी, खो–खो, कराँते, उसु बेलझुण्डी रंगशाला, ऐथ्लेटिक्स लमही, क्रिकेट, जुडो, भारत्तोलन,व्याट्मिन्टन, घोराही र टेवल टेनिस, फुटबल, बक्सिङ र ह्याण्डबलको छनोट तुलसीपुरमा गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*