Home / समाचार / दीपशिखा क्याम्पसमा नेविसंघको इकाई समिति

दीपशिखा क्याम्पसमा नेविसंघको इकाई समिति

दाङ,१८ मंसिर । घोराही स्थित दिपशिखा क्याम्पसमा नेपाल विद्यार्थी संघको ईकाई समिति गठन गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरि विद्यार्थी युगेश गोराथोकीको अध्यक्षतामा १९ सदस्यीय ईकाई समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा गौरव योगी सन्जीव डाँगी,प्रिया लामा, आर्यन चौधरी र सन्दीप डाँगी रहनु भएको छ ।

यसैगरि सचिवमा शिशिर अधिकारी र मोनिका घिमिरे चयन हुनु भएको छ । सहसचविमा बिकास खड्का,कोषाध्यक्षमा गीता परियार रहनु भएको छ । सदस्यहरुमा सन्ध्या चौधरी, सुप्रभा बुढाथोकी,तिला क्षेत्री, समिक्षा रेग्मी,मोनिका चौधरी, दीपक ओली,आकाश बस्नेत, प्रविन ओली र हिमाल चौधरी रहनु भएको छ ।

नेविसंघ क्षेत्र नम्बर ३ का अध्यक्ष तिलक रावतको अध्यक्षता तथा नेविसंघका कार्यवाहक जिल्ला अध्यक्ष टोपवहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको बिद्यार्थीहरुको भेलामा जिल्ला सदस्य एबं प्रतिनिधि प्रेम डाँगी र निरज गिरी,महेन्द्र बहुमुखी क्याम्पसका ईकाई सचिव कुलराज पोख्रेल लगाएतले आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण नेविसंघ जिल्ल सचिव ऋषिश्वर न्यौपानेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*