Home / Feature Breaking news / सुनसान प्रदेश मातहतका कार्यालयः काम छैन, कर्मचारी पनि छैनन्

सुनसान प्रदेश मातहतका कार्यालयः काम छैन, कर्मचारी पनि छैनन्

लिलाधर वली
दाङ । जिल्लामा प्रदेश सरकार मातहतमा सरकारी कार्यालय खुलेको महिनौ वितेपनि मन्त्रालयको नीति, कार्यक्रम तथा बजेटको अख्तियारी नआउँदा कार्यालय कामबिहिन भएका छन । प्रदेश मन्त्रालयले बजेट बिनियोजन गरेपनि अख्तियारी नदिदा चालुआर्थिक बर्षको पहिलो चौमासिक वितिसक्दा समेत कुनै पनि कार्यालयले काम गर्न सकेका छैनन् ।
बजेटको अख्तियारी नहुदा कतिपय कार्यालयमा कर्मचारीहरु समेत छैनन ।

गतसाउन १ गतेदेखि जिल्ला स्तरका सबै विषयगत कार्यालयहरु स्थानीय तहमा गएपछि जिल्लामा रहेका विषयगत कार्यालयहरु प्रदेश कार्यालयका रुपमा खुल्दै गएका छन । दाङमा प्रदेश सरकार अन्तर्गत कृषि क्षेत्रका लागि कृषि ज्ञान केन्द्र दाङ, जिल्ला भेटेनरी अस्पताल तथा पशु ज्ञान केन्द्र, भौतिक पूर्वाधार अन्तर्गत पुल र सडकको काम गर्ने गरि पूर्वाधार विकास कार्यालय, खानेपानी तथा सरसफाई कार्यालयलगायतका कार्यालयहरु दाङमा स्थापना भएका छन ।

तर मन्त्रालयको अख्तियारी नआउदाँ कार्यालय स्थापना भएको लामोसमय वितिसक्दा पनि कार्यालय प्रदेश सरकारले निकालेका सूचना स्थानीय तहसम्म पु¥याउने र सेवाग्राहीहरुलाई प्राविधिक सल्लाह दिने मात्र काम गर्दै आएका छन । एकभन्दा बढी जिल्ला हेर्नेगरी स्थापना गरिएका कार्यालयहरुमा दरबन्दी अनुसारका कर्मचारीहरु समेत छैनन् । प्रदेश सरकारले समयमै अख्तियारी नपठाउँदा कर्मचारीहरुले गत साउन महिनादेखि तलब भत्ता समेत खान नपाएको कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत भरत पोख्रेलले बताए । ‘प्रदेश मन्त्रालयले अख्तियारी नपठाउँदा साउनदेखि कर्मचारीहरुले तलवभत्ता खान पाएका छैनन ै’,कृषि प्रसार अधिकृत पोख्रेलले भने,‘ कर्मचारीहरुलाई तलव भत्ता खानलाई केही दिनपहिले प्रदेश मन्त्रालयले अख्तियारी पठाएको छ ।’

त्यो अख्तियारी अनुसार कर्मचारीहरुले तलव खाने प्रक्रियामा रहेपनि अन्य कामको लागि मन्त्रालयले अख्तियारी नपठाएको उनले बताए । कार्यालयले प्रदेश सरकारले पठाएका सूचनाहरु स्थानीय तह तथा कषि सहकरी र किसानहरुसम्म पु¥याउने तथा कार्यालयसमा आउने किसानहरुलाई परामर्श दिने काम मात्र गर्ने गरेको बताए । उनको अनुसार यहीमहिनाभित्रै प्रदेश सरकारले अख्तयारी पठाउने बताए । पोख्रेलका अनुसार कायालयमा १६ जनाको दरवन्दी रहेकोमा अहिले १४ जना कार्यरत छन ।तर जिल्ला पूर्वाधार कार्यालयमा भने कर्मचारीहरुको अभाव छ । मंसिर २ गतेदेखि सञ्चालनमा आएको कार्यालयमा १६ जनाको दरवन्दी रहेपनि अहिले कार्यालयमा ४ जना कर्मचारीहरु रहेको जिल्ला पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख बाशुदेव भण्डारीले बताए ।

‘जिल्लामा कार्यालय ढिला स्थापना भएकाले अख्तियारी पनि आएको छैन’, निमित्त कार्यालय प्रमुख भण्डारीले भने,‘कार्यालयमा कर्मचारी नि नभएको र अख्तियारी पनि नआएकाले केही काम गर्न सकेका छैनौ ।’ उनका अनुसार प्रदेश सरकारले कर्मचारी र कामका लागि अख्तियारी दिए काम कार्यालय कामको तयारीमा लाग्ने थियो । कर्मचारी बजेट नहुदा अहिले कार्यालय व्यवस्थापनामा लागेको समेत उनले बताए । जिल्ला भेटेनरी अस्पताल तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भने जिल्लामा सेवाग्राहीहरुलाई कार्यालयले सेवा दिने काम गरिरहेको बताए ।

दरवन्दी अनुसार कार्यालयमा कर्मचारी नभएपनि जिल्लामा कार्यालय स्थापना भएदेखि नै कार्यालयमा आउने सेवाग्राहीहरुलाई कार्यालयले भेटेनरी तथा पशु सेवा कार्यालयले दिदै आएको बताए । ‘हामीले हेर्ने पशुहरुको स्वास्थ्य सम्वन्धी हो, त्यो काम अस्पतालवाट गरिरहेका छौ’, कार्यालय प्रमुख बेदबहादुर केसीले भने,‘अन्य काम भर्खरै प्रदेश कार्यालयले अख्तियारी पठाएकाले अवका दिनहरुमा गर्नेछौ ।’ प्रदेश मन्त्रालयले अख्तियार पठाएपनि प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयलाई बजेट खर्चको स्वीकृति नदिएकाले अन्य काम गर्न नसकिएको कार्यालय प्रमुख केसीले बताए ।
अहिले जिल्लामा प्रदेश मातहतमा रहेका कार्यालयहरुले समयमै अख्तियारी नपाउदा कुनै काम गर्न सकेका छैनन । कार्यालयमा आउने सेवाग्राहीहरुलाई सेवा दिने बाहेक बजेट मन्त्रालयले सम्वन्धीत क्षेत्रमा छुट्याएको बजेट खर्च गर्न समेत समस्या भएको अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*