Home / समाचार / घोराही २ मा वडास्तरीय बाल सञ्जाल

घोराही २ मा वडास्तरीय बाल सञ्जाल

घोराही, १६ मंसिर ।

घोराहीउपमहानगरपालिका वडा नं. २ मा वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ । कविता सुनारको अध्यक्षतामा २५ सदस्यीयबाल सञ्जाल गठन गरिएको हो ।

जसको उपाध्यक्षमा वासना गिरी, सचिवमा सन्दिप जि.एम., उपसचिवमा सन्दिप सुनार, कोषाध्यक्षमा हर्षिता पोख्रेल चयन हुनुभएको छ ।

सञ्जालका सदस्यहरुमा विक्रम भण्डारी, करुणा चौधरी, निशा पोख्रेल, सविनचौधरी, फलार चौधरी, रोशिका रिजाल, हिमाल जिसी, बेगमबहादुर सुनार, विनोद घर्ती, पूर्णिमा केसी, पदमा रेग्मी, सम्झना कवँर, उर्मिला बिक, पुण्य सुवेदी, चुमान विक, निशा चौधरी, नितेश अधिकारी, वर्षा पोख्रेल, सुलभ पौडेल, हेमन्त पौडेल रहनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महिला तथा बालबालिका संयोजक पुशुपतीचौधरीले वडाका सम्पूर्ण बालबालिकाहरुको प्रतिनिधित्व बाल सञ्जालले गर्नुपर्ने बताउनुभयो ।

वडामा रहेका सम्पूर्ण बालबालिकाहरुको संरक्षण एवं बालमैत्री वातावरण निर्माणमा बाल सञ्जाललाई सक्रिय रहन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष एवं वडा अध्यक्ष केशवराज आचार्यले वडा नं. २ काबालबालिकाहरुको समग्र एजेण्डाहरु अबबाल सञ्जालको काँधमा आएको बताउनुभयो ।

बालमैत्री वडा घोषणाको अभियानमा वडा अगाडि बढेको भन्दै उहाँले बालबालिकाहरुलाई परिवार, समाजएवं आफ्नो वडाभित्र बालमैत्रीवातावरण निर्माणका लागिकुनै कसर बाँकी नराख्ने धारणा राख्नुभयो ।

उक्तअवसरमा वडा सदस्यहरु यमापुन, हिमा विक, टार्जन खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सामाजिक परिचालक मञ्जु खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राधा रिजालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*