Home / भिडियो / रोजाईमा ‘म तँ पागल पागल….’

रोजाईमा ‘म तँ पागल पागल….’

दाङ,१४ मंसिर । दंगाली गायक तथा संगीतकार पोषण डागीको नयाँ आधुनिक गीत ‘ म तँ पागल पागल..’ सार्वजनिक भएको छ । युवा अवस्थामा गरिने माया र प्रेमलाई बिषय बस्तु बनाएर सिर्जना गरिएको आधुनिक गीतमा मेलिना राईले स्वर दिएकी छिन । गीतको रचना मिरा भुजेलले गरेकी हुन ।

गीतको एरेञ्जर आधुनिक गीत संगीतका चर्चित संगीतकार राजकुमार बगरले गरेका छन । ‘म तँ पागल पागल..’ गीतको म्युजिक भिडियोलाई युटुवमा धेरैले मन पराई दिएको संगीतकार पोषण डागीले बताए । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ पहली निवासी डागीले १५ बढि गीतहरुमा संगीत तथा एक दर्जन गीतहरुमा स्वर दिईसकेका छन । करिव एक दर्जन गीतहरुको सिर्जना समेत गरिसकेका डागीका स्वर र संगीत गरेका आधा दर्जन गीतहरु आउने तयारीमा रहेको समेत जानकराी दिए ।

‘म तँ पागल पागल..’ म्युजिक भिडियोमा पृथ्वी र काजलले अभिनय गरेका छन । विरेन्द्र थापाको क्यामेरा रहेको म्युजिक भिडियोको अनिल रानाले सम्पादन गरेका छन । म्युजिक भिडियोको निर्देशन अशोक विकले गरेका हुन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*