Home / Feature Breaking news / कुसारी दाजुभाईद्वारा प्रहरी पेष्टलाई सहयोग

कुसारी दाजुभाईद्वारा प्रहरी पेष्टलाई सहयोग

फुलवारी,१२ मंसिर । पत्रकार देविराम कुसारीका दाजुभाइले अस्थाइ प्रहरी पोष्ट दमारगाउँलाई फर्निचर तथा कार्यालय व्यवस्थापनका सामाग्री सहयोग गरेका छन् ।

पत्रकार कुसारी, उहाका माईला भाइ नेपाली सेनामा कार्यरत झुपलाल कुसारी र अमेरिका निवासी कान्छा भाइ टिकाबहादुर कुसारीले दश हजार वरावरको सामाग्री सहयोग गर्नुभएको हो । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा रहेको अस्थाई प्रहरी पोष्टमा कार्यलय व्यवस्थापन गर्न समस्या भएका कारण सामाग्री सहयोग गरेको पत्रकार कुसारीले जानकारी दिएका छन् । कुसारी दाजुभाईले ती वटा हेंगर, नेम प्ल्पेट, डोर म्याट, टिनका पाता र पेन्टिङको काम गरेर सहयोग गरेका हुन् ।

सहयोग गरिएका सामाग्री पत्रकार कुसारीले बुधवार अस्थाई पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षन लाल्ताप्रसाद चौधरीलाई हस्तान्तरण गर्नुभएको छ ।

यसरी प्रहरी पोष्टलाई सहयोग गरेकोमा असई चौधरीले धन्यावाद व्यक्त गर्नुभएको थियो । प्रहरी पोष्ट अभाववाट गुज्रिरहेको समयमा सहयोग गरिएका सामाग्रीले ठुलो सहयोग भएको र मातहतका निकायलाई जानकारी गराएको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*