घोराही, १२ मंिसर । आइतवारदेखि बेपत्ता लक्ष्मण डागीको शव भेटिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा रहेको कृत्रिम जलाशयमा पौडिखेल्ने क्रममा बेपत्ता भएका डागीको बुधवार विहान पोखरीको माटोमा गाडिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतवार गुलरिया स्थीत क्रिकेट मैदानमा क्रिकेट खेल्न गएका डागी नजिकै रहेको कृत्रिम जलाशयमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । पोखरीमा पौडी खेल्ने क्रममा आईतवार दिउसो करिब ४ बजेको समयमा बेपत्ता भएका डागीको बुधवार विहान शव भेटिएको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ इन्द्रेणी टोल निवासी डागीको शव अहिले घोराही स्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि लगिएको प्रहरीले बताएको छ । डागी साथीहरुसँग पौडी खेल्ने क्रममा पोखरीमा बेपत्ता भएका थिए ।