Home / Feature Breaking news / डाक्टर कर्मचारीले तलव भत्ता पाएनन्

डाक्टर कर्मचारीले तलव भत्ता पाएनन्

लिलाधर वली
दाङ,९ मंसिर । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालअन्तर्गत रहेको अस्पताल विकास समितिको नाममा रहेको बैङक खाता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा नआउँदा अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीहरुले चार महिनादेखि तलव बुभ्mन पाएका छैनन । चार÷चार महिनासम्म तलव बुझन नपाउदा कर्मचारीहरु समस्यामा परेका छन । त्यसैगरी महिनौं सम्म रात्री ड्युटि गरेका चिकित्सकहरुले समेत रात्रि भत्ता पाएका छैनन् । त्यसरी ड्युटि गर्ने एक जना चिकित्सकको कम्तिमा ५० हजार रुपैया रात्री भत्ता पाउन नसकेको चिकित्सकहरुले बताएका छन् ।

राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिको नाममा रहेको बैंक खाता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा आएपछि कर्मचारीहरुले तवल खान मिल्ने भएपनि बैक खाता प्रतिष्ठानमा आउन सकेको छैन । राप्ती उपक्षेत्रीय अस्पताल घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण भएपनि बैंक खाता अझै प्रतिष्ठानको नाममा आउन सकेको छैन । समिति अन्तर्गत रहेको बैंक खाता प्रतिष्ठानले सञ्चालन गर्न नपाउदा तत्कालिन समिति अन्तर्गतका कर्मचारीहरुले तलव पाउन नसकेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिए ।
अस्पताल विकास समिति अन्तर्गत रहेको रकम प्रतिष्ठानले चलाउँन नपाउँदा कर्मचारीहरुले विगत चार महिनादेखि तलव खान पाएका छैनन् । अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भएको पत्र स्वास्थ्य मन्त्रालय हुदै अर्थ मन्त्रालयसम्म पुगेपनि अर्थ मन्त्रालयले खाता सञ्चालनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अख्तीयारी दिएको छैन । जसले गर्दा तत्कालिन अस्पताल विकास समिति अन्तगर्त रहेको रकम सञ्चालन प्रतिष्ठानलाई समस्या रहेको छ ।

कर्मचारीहरुले नियमित मासिक बुझदै आएको तलव कर्मचारीहरुले चार÷चार महिनासम्म तलव बुझन नपाउदा दैनिक जीवनयापनमा समस्या हुने गरेको कर्मचारीहरुले बताएका छन । गत असार महिनासम्म सहज रुपमा तलव बुभ्mेपनि साउनदेखि यताको तलव कर्मचारीहरुले बुझन नपाएको अस्पताल विकास समिति कर्मचारी युनियन इकाई समितिका सल्लाहकार कमानसिंङ पुनले बताए । ‘राप्ती उपक्षेत्रीय अस्पताल रहदासम्म तलब बुझन समस्या थिएन, समयमै तवल बुझने गरेका थियौ’, पुनले भने,‘ अस्पताल प्रतिष्ठानमा आएपछि के समस्या भएको छ, साउनदेखि तलव बुझन पाएका छैनौ ।’

लामो समयसम्म कर्मचारीहरुले तलव नबुझदा बजार कोठा गरी बस्ने कर्मचरीहरुलाई समस्या हुने गरेको समेत उनले बताए । कतिपय कर्मचारीहरु निम्न बर्गिय कर्मचारीहरु रहेको र ती कर्मचारीहरुले समयमा तलव नपाउँदा समस्या झेल्नु परेको कर्मचारीहरुले बताउने गरेका छन ।
प्रतिष्ठान व्यवस्थापनले खाता हस्तान्तरणकालागी केन्द्रमा पहल गरीरहेको जनाएको छ । ‘जति सक्दो चाँडो खाता सञ्चालनमा ल्याउने र तत्कालिन अस्पातल समिति अन्तर्गत भर्ना भएका कर्मचारीहरुलाई तलव खुवाउने प्रयास गरिरहेका छौ’, रजिष्टार प्याकुरेलले भने,‘ हामीले प्रक्रिया अघि बढाएपनि अर्थ मन्त्रालयले रोकिदिदाँ समस्या भएको छ ।’ कर्मचारीहरुलाई समयमै तलव खुवाउनेदेखि अस्पताल विकाश समिति अन्तर्गत भर्ना भएका कर्मचारीहरुलाई राप्ती स्वास्थ्य प्रतिष्ठानको मातहतमा ल्याउने पहल भईरहेको समेत प्याकुरेलले जानकारी दिए ।
तत्कालिन अस्पताल समिति अन्तर्गत नर्स, अहेव, गाडी चालक, कार्यालय सहयोगीलगायतका कर्मचारीहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*