Home / Feature Breaking news / गुलरियाको जलाशयमा डुबेर एक युवा वेपत्ता

गुलरियाको जलाशयमा डुबेर एक युवा वेपत्ता

घोराही, ९ मंसीर

घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा रहेको जलाशयमा एक व्यक्ती डुबेर बेपत्ता भएका छन् ।

घोराही उपमहानगरपालिकाले निर्माण गरेको कृतिम जलाशयमा डुबेर एक जना युवा वेपत्ता भएका हुन् ।

आईतवार दिउसोक करिब ४ बजेको समयमा पौडी खेल्ने क्रममा डुबेर एक युवा वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का करिब १८  वर्षका लक्ष्मण डिसी रहेका छन् ।

साथीहरुसँग गएका डिसी पौडी खेल्ने क्रममा डुबेर उनी वेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । वेपत्ता भएका युवाको खोजी कार्य हुन सकेको छैन ।

जलाशय धेरै गहिरो भएको र पानीको सतह धेरै भएकाले शव निकाल्न नसकिएको प्रहरीको भनाई छ ।

घटनास्थल नेपाली सेना पुगेपनि केही नगरी फर्कीएको थियो ।

पानीको मात्रा घटाउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*