Home / Feature Breaking news / आचार्यको स्मृतिमा श्रद्धाञ्जली सभा

आचार्यको स्मृतिमा श्रद्धाञ्जली सभा

घोराही, ९ मंसीर

नेपाल पत्रकार महासंघ दाङका सदस्य एवं नेपाल प्रेस युनियन दाङका सदस्य अरमराज आचार्यको वुवा मणिराम आचार्यको निधन भएको १३ औँ दिनको पुण्यतिथिमा आचार्य निवासमा आईतवार श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, पेस चौतारी, प्रेस सेन्टर र प्रगतिशिल पत्रकार संघ दाङको आयोजनामा आचार्य निवास घोराही उपमहानगरपालिका– १८ फुसैखालीमा श्रद्धाञ्जली कार्यक्रम भएकोे हो ।

पत्रकार महासंघ जिल्ला अध्यक्ष सविन प्रीयासनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केँिन्द्रय सचिव उदय जि.एम, पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य अजयदीप शर्मा, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सचिव बद्रिकुमार खड्का, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सुलोचना गौतम, प्रेस चौतारीका जिल्ला अध्यक्ष जे.एन.सागर, प्रेस सेन्टरका कार्यवाहक जिल्ला अध्यक्ष प्रकाश चौधरीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

2

कार्यक्रममा परिवारको तर्फबाट स्वर्गीय मणिराम आचार्यको काईलो दाईका छोरा गिरिराज आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण नेपाल प्रेस युनियन दाङका सचिव आर.के.शीतलले गर्नुभएको थियो ।

नेपाली कांग्रेसद्धारा श्रद्धाञ्जली सभा

नेपाली कांग्रेसका क्रियाशील सदस्य मणिराम आचार्यको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १८ वडा समितिले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

१२ औँ दिनमा शनिवार कांग्रेसले श्रद्धाञ्जली सभा गरेको हो । वडा सभापति मधुसुदन अधिकारीको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मणिराम आचार्यको व्यक्तीत्व र समाज एवं पार्टिकालागि पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, जिल्ला कोषाध्यक्ष सावित्रा राना, क्षेत्रीय सभापतिहरु चुपबहादुर डाँगी, गिरिराज सुवेदी, क्षेत्रीय सचिव बद्रिकुमार खड्का, कांग्रेसका घोराही नगर सचिव दिनेश अधिकारी, कांग्रेस दाङका पूर्व जिल्ला सहसचिव गोपालराज शर्मा, महिला संघ क्षेत्र नम्बर ३ का सचिव यशोदा पाण्डेले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा आयोजकको तर्फबाट वडा सदस्य केशर रावत र परिवारको तर्फबाट स्वर्गीय मणिराम आचार्यको माईलो दाईको छोरा हरि आचार्यले धन्यवाद ज्ञापन गनुएएको थियो । कार्यक्रमको सहजिकरण वडा सचिव घनबहादुर रावतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*