Home / Feature Breaking news / भैलोको दानले ‘अंग्रेजी शिक्षा’

भैलोको दानले ‘अंग्रेजी शिक्षा’

दाङ ८ मसिर । तिहारमा भैलो खेलेर जम्मा गरेको दानले अभिभावकले ‘अंग्रेजी माध्यममा’ कक्षा चलाउने भएका छन् । घोराही उपमहानगरपालिका १९ राल्वाङका अभिभावकले तिहारमा भैलो खेलेर जम्मा गरेको दानले गाउँको प्राथमिक विद्यालय काउँली चौरमा अंग्रेजी माध्यमबाट कक्षा चलाउने भएका हुन । भैलो खेलेर अभिभावकले १ लाख ४७ हजार ५ सय ३५ रुपैयाँ जम्मा गरेका थिए ।

जम्मा भएको पैशा विद्यालयमा अग्रेजी माध्यममा कक्षा चलाउने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरमान पुनले बताए । ‘अग्रेजी माध्यममा कक्षा चलाउनको लागि तिहारमा अभिभावक भैलो खेलेका हुन । भैलोबाट रकम जम्मा भएको छ’ उनले भने ‘ नयाँ शैक्षिकसत्रदेखि अंग्रेजी माध्यमममा कक्षा चलाउने छौ ।’ घोराही उपमहानगरपालिकाको १९ नम्बर वडा विकट क्षेत्र हो । यो वडामा आवश्यक पुर्वाधार विद्युत, खानेपानी, सञ्चार, यातायातको सेवा समेत राम्रो छैन । वडाभित्र दुइ वटा मावि र एउटा आधारभुत र ९ वडा प्राथमिक विद्यालय छन् ।

damaha

यो वडामा निजी विद्यालय छैन । उपमहानगरपालिका भित्र सवै भन्दा धेरै विद्यालय भएको वडा समेत हो । तर भौगोलिक विगट र अन्य कारणले विद्यालयमा विद्यार्थी टिकाउन भने त्यतिकै चुनौती छ । स्कुलमा भर्ना भएका विद्यार्थी समेत विचमा स्कुल छोडने गरेका छन् । विद्यालयमा विद्यार्थी टिकाउन समेत समस्या छ । भएका विद्यार्थीपनि विचमा छोडने गरेका छन् । अव हाम्रा बालबालिकाको शैक्षिक सुधारको लागि अग्रेजी माध्यमबाट कक्षा चलाउने तयारी गरेका छौ’ विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा सदस्य टंख रोकाले भने ‘ यसको लागि अभिभावक आफैले भैलो खेलेर रकम जम्मा गर्नु भएको छ । ’ उनका अनुसार अव नयाँ शैक्षिकसत्रदेखि विद्यालयमा अग्रेजी माध्यमवाट कक्षा चल्ने छ । अंग्रेजी माध्यबाट कक्षा चलाउनको लागि निजी श्रोतमा शिक्षक राख्ने समेत विद्यालयले जनाएको छ । कक्षा ३ सम्म सञ्चालन भएको विद्यालयमा ६०÷७०जना विद्यार्थी अध्ययनरत्त छन् ।’ विद्यालयमा दुइ जना रातह शिक्षक, एक जना सहयोगी कार्यकता छन् ।

विद्यालयलाई वडाको नमुना विद्यालय बनाउने सोच बनाएका छौ । त्यसको लागि सुरुवातमा अग्रेजी माध्यममा कक्षा चलाउने भएका छौ’ विद्यालयका प्रधानाध्यापक मञ्जु देवकोटाले भनिन ‘ सवै क्षेत्रको सहयोगमा यो अभियानमा सफल हुने छौ ।’ वडा अध्यक्ष हर्कबहादुर घर्तीले विद्यालयले थालेको अभियानमा वडाले सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । अभिभावकले नमुना विद्यालय बनाउने अभियान थाल्नु भएको छ ।

त्यसको लागि वडा कार्यालयले सहयोग गर्ने छ’ विद्यालयले भैलो दाताको लागि गरेको सम्मान कार्यक्रममा सनिवार वडा अध्यक्ष घर्तीले भने ‘ विद्यालयको लागि आवश्यक पुर्वाधारदेखि अन्य सहयोग गर्ने छ ।’ यसैविच विद्यालयले सनिवार औपचारिक कार्यक्रम गरेर भैलो दाता र भैलो टोलीलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनको अध्यक्षता एवम वडा अध्यक्ष घर्तीको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा भैदो दाता र भैलो टोलीलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

विद्यालयका शिक्षिका कमला देवकोटाको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रममा वडा सदस्य टंख रोका, जंग रोका, वडा सचिव भिमबहादुर केसी र खुमानन्द कवरले विद्यालयमा अग्रेजी कक्षा सञ्चालनको लागि अभिभावकाले थालेको अभियानमा सहयोग रहने प्रतिवद्धता गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका प्रधानाध्यापक मञ्जु देवकोटोले गरेकी थिइन । त्यस अवसरमा भैलोको समेत समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*