Home / समाचार / वृद्धाश्रममा मनाए घोराही सन्दीप गिरीले जन्मदिन

वृद्धाश्रममा मनाए घोराही सन्दीप गिरीले जन्मदिन

घोराही, ६ मंसीर

घोराहीका एक युवाले जन्मदिनको अवसरमा वृद्धवृद्धाहरुसँगै मनाएका छन् ।

घोराही उपमहानगरपालिका १५ का सन्दीप गिरीले २३ औँ जन्मदिनको अवसरमा घोराही उपमहानगरपालिका १६ मा रहेको तेरौटे वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुसँगै मनाएका हुन् ।

२२ वर्ष पुरा गरि २३ वर्ष प्रवेश गरेको अवसरमा उनले वृद्धवृद्धाहरुलाई सहयोग पनि गरेका थिए ।

घरपरिवार र साथीहरुसँगै वृद्धाश्रम पुगेका गिरीले फलफुल एवं खाद्यान्न गरि करिब ५ हजारको सहयोग गरेको नविन बस्नेतले जानकारी दिनुभयो ।

पछिल्लो समय वृद्धाश्रममा पुगेर जन्मदिन मनाउनेको संख्या बढेर गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*