Home / Feature Breaking news / एक रुपैयाँमा बस चढ्दा…..
khagraj naupane

एक रुपैयाँमा बस चढ्दा…..

लिलाधर वली
दाङ,६ मंसिर । सरल,इमान्दार एव सवैसँग घुलमिल गर्न सक्ने साहित्यकार हुन खगराराज न्यौपाने । उमेरले ७० बर्षीय न्यौपानेको जीवनमा धेरै आरोह अवरोह आएका छन् । कहिले द.खका आए, कहिले सुख नै आए । कहिले आत्तिएनन् न तँ खुशीमा नै मात्तिए । इमान्दारिताका साथ उनी आफनो लक्ष्यमा अघि बढि रहे । ज्ञान हासिल गरेर समाजमा रहेको अन्धविश्वासलाई चिर्ने र शिक्षाको ज्योति फैलाउने न्यौपानेको सानै देखिएको लक्ष्य हो । त्यो लक्ष्य अनुसार न्यौपाने जीवनको गोरेटेमा अघि बढि रहे ।

२०२० सालतिरको कुरो हो । न्यौपानेलाई भारतको बनारस जान मन लाग्यो । उति बेलामा दाङवाट पढ्न बनारस जाने चलन नै थियो । कतिपय मानिसहरु घुम्न पनि जाने गरेका थिए । त्यही देखेर न्यौपानेलाई पनि घुम्न जान मन लाग्यो र साथीहरुसँग सल्लाह पनि गरे । त्यो समयमा दाङमा गाडी मोटर चल्दैन थिए । बनारस जानलाई कोइलावाससम्म हिडेर जानुपथ्र्यो,त्यहाँवाट बस र टे«न चढेर बनारस जाने गरेको सुनेका थिए । तर देखेका थिएनन् ।

उनलाई बस, टे«न हेर्ने मनमा उत्सुक्ता पनि थियो । कोइलावास जानलाई हुने खानेका परिवारहरु घोडामा चढेर जाने गर्थे । तर न्यौपाने साथीहरुसँगै कोइलावास हिडेर गए । करिव दुई दिनको हिडाईपछि कोइलावास पुगे ।
त्यहाँवाट भारतको तुलसीपुरसम्म बस चल्ने गर्दथ्यो । तर देखेका भने थिएनन् । दुईदिनको हिडाईपछि कोइलावासमा पहिलो पटक बस देखे । उनले भने–‘ सुरुमा बस देख्दा अचम्म लाग्यो । नेपालमा राम्रोसँग सडकहरु नबनेको अवस्थामा बस चलेको थियो, हेर्दा पनि अर्कै लाग्ने पहिले पटक देखेको बस, चढ्दा झन मन दंग ।’

त्यहाँवाट तुलसीपुरसम्म एक रुपैयाँमा पहिलो पटक बसमा चढेर गएको थिए । जुन दिन म पहिलो पटक बस देखे र त्यही दिन बस चढेको दिन हो,त्यो दिन मलाई अहिले पनि खुशीको दिनका रुपमा लिने गरेको छु । त्यसपछि दाङमै धेरै गाडी मोटरहरु भित्रिए । कयौँ पटक गाडी चढियो तर पहिलो पटक गाडी चढ्दाको त्यो आनन्द,त्यो खुशीे कहिल्यै जीवनमा आएन ।

न्यौपानेले थपे,‘जीन्दगीमा पहिलो पटक बस मात्र होइन, तुलसीपुरवाट–बनारस जादा टे«न पनि देखे र चढे र बनारसमा पनि पैत्तले रिक्सा पहिलो पटक नै देखे । यी पनि मेरो जीवनका खुशीका पलका रुपमा छन् । न्यौपानेले कक्षा १० सम्मको शिक्षा दाङमै पढ्े त्यो समय दशसम्मको कक्षालाई पूर्वमध्यमा भन्ने चलन थियो । त्यसपछिको शिक्षा पढ्न उनी भारतको बनारस गए ।

त्यहाँ सस्कृतमा सास्त्रीयसम्म अध्ययन गरे र गोरखपुर विश्वविद्यालवाट अंग्रेजीमा बिएसम्मको अध्ययन गरे । त्यहाँ पढेर उनी दाङ फर्किए । दाङ फर्किएपछि उनी सेवार वनगाउँमा रहेको विद्यालयमा पढाउन थाले । त्यो समयमा अहिले जस्तो एउटा विषय पढाउने हुन्थेन । नेपाली, गणित, अग्रेजी सवै विषय पढाउनुपथ्र्यो । केही समय पढाएर छोडी दिए । र आफनो व्यवसायतर्फ लागे । त्यो समय पढाएर तलव मासिक दुई सय २५ रुपैयाँ पाउने थियो ।

त्यसको करिव ४ बर्ष जिल्लामा स्थायी शिक्षकको लागि आवेदन खुल्ला भयो । २०४५ सालतिरको कुरा हो । मैले पनि आवेदन दिए । आफनो पढाई पनि राम्रो भएको र करिव चार बर्ष पढाएको अनुभवका कारण स्थायी शिक्षकका रुपमा नाम निकाल्छु भन्ने आत्मविश्वास थियो । घोराहीको पद्मोदय विद्यालयमा लिखित र मौखिक परिक्षा पनि भयो ।

मैले राम्रो गरेको थिए । नभन्दै पछि रिजल्ट आउदा राम्रै भयो ।म पास भए, स्थायी शिक्षकका रुपमा मावि हापुर निघुवारमा पोष्टिङ भए । मलाई स्थायी शिक्षकका रुपमा पढाउन विद्यालय पुग्दाको त्यो पल साच्चीकै खुशीको पलका रुपमा अहिलेपनि सम्झाना छ । जुन समयमा शिक्षकको तवल मासिक ४ सय ७५ रुपैयाँ मात्र थियो ।
न्यौपानले आफनोे जीवनमा एउटा नविसर्ने पलका रुपमा औलो छल्न कोट जादाको घट्नालाई स्मरण गर्छन । मिति तँ अहिले ठ्क्याक्कै थाहा भएन तर २०१८ सालतिर जस्तो लाग्छ । उनको परिवार हापुरमा बस्ने गर्दथ्यो । त्यो समय बर्षादको समयमा दाङमा औलोको डरले कोट जाने गर्थे । अर्थात हापुरका मानिसहरु औलोको डरले हापुरको उत्तरतर्फ रहेको अग्लो महाभारत पर्वत श्रङखला अन्तर्गतका अग्ला अग्ला पहाडहरुमा बस्न जाने गर्थे ।

उनी पनि आफनो परिवारसँग धेरै पटक पहाड गए । सुविधाका हिवास बसाई कष्टर नै भएपनि डाडामा बस्दा रमाइलो लाग्ने गर्दथ्यो ।
त्यो समय साउने संक्रान्ति मनाउने चलन थियो । अहिले धेरै कमी भएको छ ।केटीहरु नै दुलाह दुलही बन्ने र जग्यमा बसेर विवाह गर्ने हुन्थ्यो । रमाइलो गर्ने चलन थियो । त्यो दिनलाई लुतो फाल्ने पर्वका रुपमा पनि लिने गरिन्छ । त्यो समय आगो बाल्ने र लुतो नलागोस भनेर आगोको अगुल्टा आफनो खुट्टाको टाङमनिवाट छिराएर मलाई लुतो नलागोस भनेर फाल्ने चलन थियो ।

मलाई पनि बुबा तथा अग्रजहरुले सिकाए अनुसार फाल्ने गरे । त्यसको बैज्ञानिक सत्यता कति थियो थाहा थिएनन् । तर त्यो समय परम्परा जस्तै बनेको थियो । साच्चै त्यो अगुल्टा फल्दाको समय पनि अहिले सम्झदा रमाइलो लाग्ने गर्दछ ।
न्यौपाने सानैदेखि साहित्य लेख्ने काम गर्थे । उति बेला अहिले जस्तो समय थिएन । नँ लेखेर राख्ने चलन थियो नँ अहिले जस्तो कार्यक्रमहरु नै हुन्थे । बर्षमा एउटा दुई वटा विद्यालयमा कार्यक्रमहरु हुन्र्थे त्यो बाहेक अरु केही हुदैन थिए । त्यो समयमा हापुरमा डिडिल स्कुल भन्ने थियो ।

त्यहाँ ५ कक्षासम्म पढाई हुन्थ्यो । त्यहाँ पढाउने शिक्षकहरुसवै भारतवाट आएका भारतीय शिक्षकहरु । त्यो समय साहेद म कक्षा ४÷५ मा पढ्थे होला खासै मलाई थाहा छैन । तर पछि मैले त्यो कार्यक्रममा कविता बाचन गरेर प्राप्त गरेको प्रमाणपत्र भेट्दा खुशी भएको थियो । जुन प्रमाण पत्रमा लेखिएको थियो–‘ यस विद्यालयमा आयोजना गरिएको कविता वाचन कार्यक्रममा सहभागी भएर दोश्रो भएकोमा बधाई छ ।’ जुन हिन्दी भाषामै लेखिएको थियो । प्रमाणपत्रमा विद्यालयका डाईरेक्टरको हस्ताक्षर छ । त्यो प्रमाणपत्र प्राप्त गर्दाको समय तँ थाहा पाउदैन तर पछि उक्त प्रमाणपत्र भेटिदाको समय जीवनको अर्काे खुशीका रुपमा रहेको छ ।
हाल घोराही उपमहानगरपालिका वडा नं. १५ को उत्सव टोलमा बस्ने न्यौपाने विस २००५ मंसिर १७ गते बुबा पंडीत मेघराज न्यौपाने र आमा लक्ष्मीदेवी न्यौपानेको सुपुत्रका रुपमा हापुर बिजौरीमा जन्मीएका थिए

। २०२६ सालमा साविक मानपुर गाविस मजगाँउ निवासी आशा न्यौपानेसँग भारतको अयोद्यामा बैवाहिक जीवनमा बाधिएका न्यौपानेका तीन छोराहरु रहेका छन । साहित्य लेखनसँगै सामाजिक क्षेत्रमा सक्रिय न्यौपाने लेखक संघ दाङका अध्यक्ष, न्यौपाने बंद्यु समाज दाङका अध्यक्ष, निवृत्त शिक्षक समाज क्षेत्र नं. ३का अध्यक्ष, जेष्ठ नागरिक संघका सदस्य, राप्ती साहित्य परिषदका सदस्यका रुपमा छन ।

साहित्यमा धेरै फुटकर रचनाहरु भएपनि साहित्यकार समेत रहेका न्यौपानेका कविता संग्रहहरु ‘प्रेम पत्र’ २०५८, ‘हृदयका उद्गारहरु’ २०६०, ‘स्वर्गद्धारी महाप्रभु’ खण्डकाव्य २०६२ , ‘न्यौपाने बंशावली’ २०७० र ‘सास्कृतिक परिचय’ पुस्तकहरु प्रकाशित छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*