Home / Feature Breaking news / प्रेस युनियन दाङमा अक्षयकोष

प्रेस युनियन दाङमा अक्षयकोष

दाङ,४ मंसिर । नेपाल प्रेस युनियन दाङले पत्रकारिता क्षेत्रमा क्रियाशिल सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्न अक्षयकोष स्थापना गर्ने भएको छ ।

नेपाली काँगेसले उठाएको स्वतन्त्रता आन्दोलनका सेनानी शिव गिरीको स्मृतिमा कोष स्थापना गर्न थालेको हो । हतियारको संघर्षमा समेत क्रियाशिल गिरीलाई २०३२ सालमा तत्कालिन सरकारले गिरप्तार गरि जन्मकैदको सजाय सुनाएको थियो ।

प्रजातन्त्रको स्थापनापछि काराबास मुक्त भएका गिरीको २०५४ सालमा निधन भएको थियो । गिरी खुमबहादुर खड्का ,बलदेव शर्मा मजगैया, तिर्थराज चैतुका समकक्षी नेता हुन । अक्षकोष स्थापनाका अवसरमा युनियनले लोकतन्त्रको सवलीकरणकालागि मिडियाको भूमीका बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने समेत भएको छ ।

बुधवार घोराही स्थित नेपाल पत्रकार महासंघको हलमा आयोजना गरिएको कार्यक्रममा उपस्थीतिका लागि पे्रस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले सबैमा आग्रह गरेका छन ।

बिहान ११ बजे हुने कार्यक्रममा नेपाली काग्रेसका केन्दीय सदस्य तथा पूर्व सिचाई मन्त्री दिपक गिरी प्रमुख अतिथिका रुपमा सहभागी हुने पे्रस युनियन दाङका सचिव आरके शीतलले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*