Home / Feature Breaking news / काग्रेस नेता सिंह दाङ आउने

काग्रेस नेता सिंह दाङ आउने

दाङ, ३ मंसिर । नेपाली काग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंह भोली मंगलवार दाङ आउने भएका छन । कार्यकर्ता भेटधाटका क्रममा नेता सिंह दाङ आउन थालेको नेपाली काग्रेस दाङले जनाएको छ ।

नेता सिंह दाङ आएको सन्दर्भ पारेर नेपाली काग्रेस दाङले पार्टी कार्यालयमा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । नेपाली काग्रेस दाङका सचिव शंकरप्रसाद डागीका अनुसार दिउँसो ११ बजे पार्टी कार्यालय घोराहीमा आयोजना गरिएको भेटघाट कार्यक्रमलाई पूर्वमन्त्री समेत रहेका सिंहले सम्वोधन गर्ने भएका छन । उक्त कार्यक्रममा उपस्थीतिकालागि डागीले नेपाली काग्रेस जिल्ला कार्यसमिति, क्षेत्रीय समिति,इकाई समिति, महासमिति सदस्य, महाधिवेशन सदस्य,जनप्रतिनिधि, विभिन्न जनबर्गीय पार्टीका नेता तथा कार्यकर्ताहरुलाई उपस्थीत हुन आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*