Home / समाचार / आमाको सम्झानामा वृद्धवृद्धालाई न्यानो कपडा

आमाको सम्झानामा वृद्धवृद्धालाई न्यानो कपडा

दाङ,१ मंसिर । घोराही निवासी नायक एवं तेक्वान्दो प्रशिक्षक वीरुभाइ बज्राचार्यको परिवारले आमाको सम्झनामा वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गरेका छन । आमा दिलमायाँ बज्राचार्यको निधन भएको ४५ दिन पुगेका अवसरमा परिवारले शनिवार घोराही–१६ तेरौटे स्थित जेष्ट नागरिक सरोकार केन्द्रद्धारा सञ्चालित बृद्धाश्रममा पुगेर जेष्ट नागरिकलाई न्यानो कपडा वितरण गरेका हुन ।

बृद्धाश्रममा रहेका सबै ज्येष्ठ नागरिकलाई बज्राचार्यको परिवार, कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाका पूर्वअध्यक्ष सुशील गौतमलगायतले न्यानो सल प्रदान गरेका थिए । न्यानो कपडा वितरण गर्दै गौतमले हरेक सन्तानलाई आफना अभिभावकप्रति मायाको भावना विकास गर्न आवश्यक रहेको बताए । २००८ साल जेठ १० गते जन्मेकी बज्राचार्यको ६७ बर्षको उमेरमा गत असोज १६ गते निधन भएको थियो ।

कार्यक्रममा बिशिष्ठ अतिथि ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीले जेष्ठ नागरिक सरोकार केन्द्र सञ्चालित गरिएको भन्दै सहयोगका लागि सवैसँग आग्रह गरेका थिए । छोरा वीरुभाइ बज्राचार्यले जेष्ठ नागरिकहरुलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरेको बताए । कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष केएल पीडितले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*