Home / Feature Breaking news / दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार

दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार

तुलसीपुर, ३० कार्तिक । दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार भएको छ । दाङ शान्तिनगर गाउँपालिका वडा नं.२ अमुवामा दुई समुहबीच भएको विवादलाई मिलाउन गएका ईलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकास वली माथि खुकुरी प्रहार भएको हो ।

प्रहरी जवान वलीको टाउकोमा १० वटा टाँका लागेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । उनका अनुसार स्थानीय थप दुई जना माथि पनि चोट लागेको छ । स्थानीय बिशाल रोका र नैनबहादुर नेपालीको टाउकोमा सामान्य चोट लागेको प्रहरी निरीक्षक चौधरीले बताए ।

सोही ठाउँ निवासी बिशाल रोका र चन्द्रप्रकाश नेपालीको समहुबीच आपसीबिवाद पश्चात भएको झडपको सिर्जन भएको प्रहरीले बताएको छ । साथै खुकुरी प्रहार गरेको आरोपमा शान्तिनगर गाउँपालिका २ अमुवा निबासी २५ बर्षीय चन्द्रवहादुर नेपाली, २० बर्षीय नैनसिङ नेपाली, २२ बर्षका सुकलाल नेपाली र १६ बर्षका बीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवाद भएको सूचनाको आधारमा आफुहरु त्यहाँ पुगेर विवादलाई साम्य पार्ने क्रममा खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट खुकुरी, बञ्चरो, खुर्पा लगाएतका घरेलु हतियार बरामद गरिएको छ । प्रहरीले आरोपीलाई ज्यानमार्ने उद्योग सम्बन्धि मुद्दा चलाउने तयारी गरेको छ । पुतलीको घरमा उनको भतिजा पर्ने बिशाल र आरोपी मध्यका जीवनले संगै बसेर मापसे गर्ने क्रममा विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*