Home / Feature Breaking news / मृतकका परिवारलाई साढे ६ लाख दिने सहमतिपछि उठ्यो शव

मृतकका परिवारलाई साढे ६ लाख दिने सहमतिपछि उठ्यो शव

दाङ, २६ कार्तिक । दाङको बबई गाउँपालिका ५ बबरपुरमा बसको ठक्करबाट मृत्युभएका व्यक्तिका परिवारलाई साढे ६ लाख रुपैयाँ दिने सहमति भएसँगै तीन दिनपछि परिवारले शव उठाएका छन् । स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, नागरिक समाज, यातायात व्यवसायी, मानवअधिकारकर्मी र पीडित परिवारबीच सोमवार भएको छलफल पश्चात सहमति जुटेपछि परिवारले शव उठाएका हुन् ।
पुरन्धारा झरनाबाट पिकनिक खाएर तुलसीपुरतर्फ आउँदै गरेको राप्ती यातायात सेवा प्रालिको ना २ ख ९६३५ नम्बरको बसले ठक्कर दिँदा बबई ५ का मानसिंह वलीको शनिबार मृत्यु भएको थियो ।
मृतकका परिवारलाई प्रालिले आजै ५० हजार रुपैयाँ दिने, ३५ दिनभित्र साढे चार लाख र छ महिनाभित्र साढे एक लाख रकम उपलब्ध गराउने सहमति भएको थियो ।
यस्तै बबई गाउँपालिका तीनजना वडाध्यक्षले गाउँपालिकामार्फत् मृतकका छोराछोरीलाई शिक्षाका लागि पहल गर्ने र श्रीमतीलाई पनि स्वरोजगारका कार्यक्रममा सहभागी गराउने सहमति भएको छ ।
राहत तथा क्षतिपूर्तिका लागि पहल नभएको भन्दै हिजो बबरपुर तथा हापुरे क्षेत्रमा मृतकका आफन्तले प्रदर्शन गरेका थिए भने यातायात सेवा समेत अबरुद्ध पारेका थिए । सहमतिपछि परिवारले शव उठाएका छने भने विरोधका कार्यक्रम पनि फिर्ता लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*