Home / Feature Breaking news / स्थानीयद्वारा बबई गाउँपालिका घेराउ

स्थानीयद्वारा बबई गाउँपालिका घेराउ

दाङ,२५ कार्तिक । बसको ठक्करबाट एक जना युवाको मृत्यु भएपछि आक्रोसित स्थानीयले बबई गाउँपालिका घेराउ गरेका छन् । सयौंको संख्यामा नारावाजी गर्दै स्थानीयले बबई गाउँपालिका घेराउ गर्न थालेपछि सम्भावित तोडफोड हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने बिषयमा मिलेमतो भएको भन्दै स्थानीयले नाराबाजी गर्दै गाउँपालिका कार्यालय घेराउ गर्न गएका हुन । उनीहरूले स्थानीय सरकार होसियार, हत्यारालाई कारबाही गर, पीडितलाई उचित क्षतिपूर्ति दे भन्ने जस्ता नाराबाजी लगाएका थिए ।
यसअघि स्थानीयले आइतबार बिहानैदेखि तुलसीपुर–सुर्खेत सडकखण्ड अवरुद्ध गर्दै आएका छन् । शनिबार बेलुका ५ बजेतिर बसको ठक्करबाट बबई गाउँपालिका वडा नं. ५ निवासी २३ वर्षीय मानसिंह वलीको मृत्यु भएको थियो ।

पुरन्धारा झरनाबाट पिकनिक मनाएर आउँदै गरेको राप्ती यातायात सेवा प्रालिको ना २ ख ९६३५ नम्बरको बसले व्याक गर्ने क्रममा वलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पीडित पक्षले वलीको शव उठाउन अझै मानेको छैनन् । प्रहरीले वलीको शवलाई रातभर सडकमै बसेर सुरक्षा दिएको थियो । चालकले मदिरा सेवन गरी लापरबाहीपूर्वक बस चलाएको हुँदा व्याक गर्ने क्रममा सावधानी नपनाउँदा उक्त दुर्घटना भएको स्थानीयको आरोप रहेको छ ।
फाईल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*