Home / Feature Breaking news / ‘भगवान’ बनाउने कल्लु

‘भगवान’ बनाउने कल्लु

दाङ,२५ कार्तिक । भनिन्छ मान्छेमा कुनै न कुनै कला हुन्छ । आफुसँग भएको कला सबैले पहिचान गर्न सक्दैनन् । पहिचान गर्नका लागि कडा मेहेनत र परिश्रम गर्न सक्नुपर्छ । परिश्रम र मेहेनतवाटै मानिसले आफुलाई निखार्छन् र सफल बनाएर देखाउँछन् । त्यस्तै मानिसहरु मध्यका एक हुन घोराही उपमहानगरपालिका–१४ बसपार्क निवासी कल्लु नेपाली । कत्तिपनि औपचारिक कक्षा नलिएका नेपालीे विगत ४० बर्षदेखि घोराहीमा भगवानका मुत्र्ति बनाउँदै बेच्ने काम गर्दै आएका छन ।

नेपालीले मुर्ति बनाएर आएको रकमवाटै घर व्यवहार चलाउने गरेका छन । २०१४ सालमा भारतको कानपुरमा जन्मीएका नेपालीको बाल्यकाल कानपुरमै वित्यो । घर घोराहीकै बनगाउँ सेवारमा रहेपनि रोजगारीको सिलसिलामा कानपुर बसाईका क्रममा उनी कानपुरमै जन्मीए । रोजगारीमा बुबा कानपुरमै बस्ने भएकाले उनी पनि उतै बसे । कानपुरमा उनका बुबा लालमोहन नेपालीले मुर्ति बनाउने काम गदर्थे । बाबुले मुर्ति बनाएको सानैदेखि देखेका उनले पनि त्यही सिप सिके । कानपुरवाट २०१८ सालमा घर फर्किए । घर फर्किएका नेपाली बुबासँगै घोराहीमा घर बनाउनेदेखि मुर्ति बनाउनेलगायतका विभिन्न काम गर्न थाले उनलाई अहिले पनि सम्झाना छ,‘घोराहीको मुख्य केन्द्रमा रहेको बालमन्दिर स्कुल बनाएको छ । स्कुल उनका बुबाले बनाएका थिए,स्कुल बनाउदा मैले बुबालाई गह्रा लगाउन सहयोग गर्नेगर्दथे ।’ त्यो समयमा बनाएको ठुलो काम भएकाले कल्लुका लागि त्यो काम अहिलेपनि सम्झानाका रुपमा रहिरहेको छ ।

घर बनाउने सक्ने भएपनि कल्लुले आफनो मुख्य पेशा मुर्र्तिकलालाई बनाए । विभिन्न देवीदेवताका मूर्ति बनाउन सिपालु नेपालीले एक बर्षको अवधिमा चार÷पाँच सय मूर्ति बनाएर बिक्री गर्ने गरेका छन । त्यही मूर्ति बेचविखन गरेरै घर चलाउने गरेको उनी बताउछन । उनले भने,‘म २०१४ सालमा जन्मिएको हु, अहिले ६१ वर्षको भए, अहिले पनि विभिन्न देवीदेवताका मुर्ति बनाउने गरेको छु ।’ करिव ४० बर्षको अवधिमा चार हजार बढि मुर्ति बनाइसकेको छु । मैले बनाएका मुर्तिहरु दाङसँगै विदेश समेत पुगेका छन ।’
उनका अनुसार मूर्ति दुई सयदेखि ८÷९ हजारसम्म मुल्यमा विक्रि हुने गरेका छन ।

नेपालीका अनुसार उनले बनाएका मुक्तिहरु घोराही उपमहानगरपालिका–१३ बाह्राकुने दहको मुख्य मन्दिरमा बनाएको बह्राको मुर्ति हो । त्यस्तै मसिनामा रहेको गणेश मन्दिरमा गणेश भगवानको, घोराहीको लखन थापा पर्कमा लगन थापा मुर्तिसँगै मालपोत कार्यालय र नापी कार्यालयमा समेत आफुले बनाएका मुक्तिहरु राखिएको उनी बताउछन । यसका साथै उनले बनाएका मुक्तिहरु दाङ जिल्लासहित सल्यान, रोल्पा, प्युठान, रुकुम, काठमाण्डौ, नेपालगंजलगायतका स्थानहरुमा जाने गरेको बताउछन ।

kallul
पछिल्लो समय उनी मुक्ति बनाएर बेच्नेभन्दा पनि अडर अनुसार मुर्ति बनाउने गरेको बताउछन । ‘पछिल्लो समय मुर्ति किन्ने मानिसहरुको संख्या घट्दै गएको छ, मन्दिरहरुमा राख्नका लागि मात्र किन्न आउने गरेका छन’, उनले भने,‘त्यसैले पछिल्लो समय कमै मुर्ति बनाउने गर्दैआएको छु ।’ उनका अनुसार चाडपर्वको समयमा धेरै मुर्तिहरुको अडर आउने गरेपनि अन्य समयमा खास्सै विक्रि नहुने गरेको बताउछन ।

सुरुका दिनहरुमा माटो र काठवाट विभिन्न देविदेवताहरुको मुर्ति बनाउने गरेका नेपालीले पछिल्लो समय क्रंकितवाट मुर्ति बनाउने गरेका छन । माटो र काठवाट बनेका भन्दा बढि क्रंकिटवाट बनेका मुर्तिहरु टिकाउ हुने र विक्रि हुने भएकाले विगत केही वर्षदेखि माटो र काठवाट मुर्ति बनाउने काम छोडेको उनी बताउछन । मुर्ति बनाउन सिमेन्ट, बालुवा, गिट्टी, छडलगायतका सामाग्रीहरुको प्रयोग गर्ने गरेको बताए । नेपालीले गणेश, शिव, पावर्ती, दुर्गादेवी, सरस्वती, महाकाली, वनदेवी, बुद्धलगायत विभिन्न शहिदहरुको समेत मुर्ति बनाउने गरेको बताउछन । त्यसका साथै उनले कसैले चाहेमा सर्वसाधारण नागरिकहरुका समेत मुर्ति बनाउने गरेको बताए । त्यही अनुसार पछिल्लो समय घोराहीमा केही व्यक्तिहरुले वितेका आफन्त तथा जीवित व्यक्तिहरुले समेत मुर्ति बनाएर लगेको उनी बताउछन ।

आफनो पुर्खेउली पेशाका रुपमा रहेको मुर्ति बनाउने पेशाले अहिले आफुलाई जीउन सहयोग पु¥याएको नेपाली बताउछन । ओम मुर्ति कला केन्द्रका रुपमा मुर्ति बनाउदै आएका नेपालीले आर्थिक आम्दानीसँगै आफनो धर्म संरक्षणमा समेत सहयोग पुग्ने उनको अपेक्षा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*