Home / Feature Breaking news / लमही नगरपालिकाले गर्यो ५ महत्वपुर्ण निर्णय

लमही नगरपालिकाले गर्यो ५ महत्वपुर्ण निर्णय

देउखुरी,१९ कार्तिक । लमही नगरपालिका नगर कार्यपालिका बैठकले पाँच वटा महत्वपूर्ण निर्णयहरु पारित गरेको छ । कार्तिक १८ गते नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा बसेको लमही नगरपालिका नगर कार्यपालिकाको बैठकले नेपालीहरुको दोस्रो ठूलो महानपर्व दिपावलीको अवसरमा हुने उच्छ्रिङ्खल गतिविधिलाई नियन्त्रण गर्नका लागि उक्त निर्णय गरेको लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसी जानकारी दिए ।

लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको हो । नगर कार्यपालिकाले गरेको निर्णय मध्य नगरपालिकाको क्षेत्र भित्र जुवा तासलाई पूर्णरुपमा प्रतिबन्ध लगाउने, पटका पट्काउन निषेधित गर्ने, मदिराजन्य पदार्थ रातिको ८ बजेपछी बेचबिखन गर्न नपाईने, देउँसी भैलो राति ९ बजे सम्म खेल्न पाईने तर, राजमार्ग जस्तो संबेदनशील ठाउँमा डोरी टाँगेर बाटो छेक्न नपाईने, ध्वनी प्रदुषण हुने गरेर डिजे बजाएर भैलो खेल्न खेलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको व्रवत्ता केसीले जानकारी बताए ।

यस्तै अस्थाई÷करार शिक्षक नियुक्ती सम्बन्धी कार्यविधि, २०७५ थप छलफलका लागि विषयगत समितिमा पठाउने निर्णय, साथै पूर्व प्रकाशन सुचना अनुसार प्राप्त हुन आएका न्यायीक मेलमिलापकर्ताहरुको आवेदनका आधारमा पछि नगरसभाबाट अनुमोदन गर्ने गरि वडा अन्ुसार सुचिकृत गर्ने र वडाअनुसार आवेदन प्राप्त हुन नआएका र अपुग हुन आएका वडाहरुको हकमा पून सुचिकरणको लागि मंसिर १५ गते सम्म आवेदन म्याद दिई सुचना प्रकाशन गर्ने निर्णय गरिएको छ ।

धार्मिक तथा संस्कृती प्रबर्धन गर्ने देउँसी भैलो खेल्ने कार्यक्रमलाई निरन्तरता दिदै सामाजिक सद्भाब कायम रहने गरि सबैलाई दिपावली मनाउन समेत लमही नगरपालिकाले आग्रह गरेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*