Home / Feature Breaking news / प्रथम प्रादेशिक तेक्वान्दोको उपाधि रोशन र पूजालाई

प्रथम प्रादेशिक तेक्वान्दोको उपाधि रोशन र पूजालाई

दाङ,१८ कार्तिक । दाङको घोराहीमा भएको प्रथम प्रादेशिक पोफ्रेश्नल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता–२०७५ को उपाधि पुरुषतर्फ नवलपरासी जिल्लाका रोशन आले र महिलातर्फ गुल्मी जिल्लाकी पूजा रसाईलीले जितेका छन । भरतपुर आइटिएफ तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा शनिवार र आइतवार दुई दिनसम्म घोराहीमा भएको प्रतियोगितामा पुरुषतर्फ रोशन आले र महिलातर्फ पूजा रसाईलीले उपाधि हात पारेका हुन ।

roshan

प्रतियोगितामा सुमन मस्र्याङदी मगरलाई हराउदै रोशनले प्रथम प्रादेशिक पोफ्रेशनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेका हुन । उपाधि जितसँगै रोशनले नगद ३० हजारसहित ट्रफि, प्रमाण प्राप्त गरेका छन । त्यस्तै प्रतियोगितामा राधिका चौधरीलाई हराउँदै पूजा प्रतियोगिताको उपाधि चुम्न सफल भएकी हुन । उपाधिसँगै पूजाले नगद २० हजारसहित ट्रफि, प्रमाणपत्र हात पारेकी हुन ।

भरतपुर आइटिएफ तेक्वान्दो डोजाङका अध्यक्ष भीमबहादुर थापाको अध्यक्षतामा भएको प्रतियोगितामा च्याम्पियनसिपहरुलाई घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी र नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष अञ्जन धमलालगायतका अतिथिहरुले अविर टिकासहित नगद रकम, ट्रफि, प्रमाणलगायतका पुरस्कार प्रदान गरेका थिए ।

pooja

त्यस्तै प्रतियोगितामा पुरुषतर्फ नवलपरासी जिल्लाकै सुमन मस्याङदीमगर दोश्र्रो र गुल्मी जिल्लाका बिकल पौडेलले तेश्रो स्थान हात परेका थिए । प्रतियोगितामा दोश्रो र तेस्रो हुने खेलाडीहरु नगद २० हजार र १० हजारसहित ट्रफि,प्रमाणपत्र प्राप्त गरेका थिए । त्यस्तै प्रतियोगितामा महिलातर्फ बाँके जिल्लाकी राधिका चौधरी दोश्रो र दाङ जिल्लाकी सञ्चीता पुनले तेस्रा स्थान लिएकी थिइन । दोस्रो र तेस्रो महिलाहरुले नगद १३ हजार र सात हजारसहित ट्रफि, प्रमाणपत्र प्राप्त गरेकाका नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका प्रदेश उपाध्यक्ष बिक्रम बाढा मगरले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*