Home / Feature Breaking news / घोराही ११ का जनप्रतिनिधि र कर्मचारीलाई तालिम

घोराही ११ का जनप्रतिनिधि र कर्मचारीलाई तालिम

घोराही, १६ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले व्यक्तिगत घटना दर्ता तथा एकीकृत सम्पत्ति कर कम्प्युटर प्रणालीबाट सङ्कलनमा सहजता ल्याउनका लागि तालिम सञ्चालन गरेको छ । दुईदिनसम्म सञ्चालन हुने उक्त तालिममा वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उपमहानगरले सबै वडाहरुबाट व्यक्तिगत घटना दर्ता तथा कर सङ्कलनको काम कम्प्युटर प्रणालीबाट गर्ने योजना अनुरुप अगाडि बढिरहेको बताउनुभयो ।

वडाबासीलाई प्रभावकारी सेवा दिन एवं छिटोछरितो र तथ्याङ्कको अभिलेखीकरणलाई व्यवस्थित गर्न तालिमले सहजता ल्याउने उहाँले बताउनुभयो । वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं। १२ का अध्यक्ष राजेन्द्र बुढा, वडा नं। ९ का अध्यक्ष मानबहादुर बस्नेत, समाजसेवी मानबहादुर जिसी, चन्द्र सूर्य टोल विकास संस्थाका अध्यक्ष सुरेश आचार्यको समेत सहभागिता रहेको थियो ।

तालिमको प्रशिक्षकमा घोराही उपमहानगरपालिकाको राजस्व शाखाका वासुदेव पोख्रेल र सूचना प्रविधि अधिकृत विमल अग्रसरी रहनुभएको थियो । कार्यक्रममा वडा सदस्य ज्ञानेन्द्रबहादुर बस्नेतले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडाका कर्मचारी गिरबहादुर बस्नेतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*