Home / Feature Breaking news / वन सवालमा गम्भीर भएर अघि बढ्न वन महासंघको ध्यानाकर्षण

वन सवालमा गम्भीर भएर अघि बढ्न वन महासंघको ध्यानाकर्षण

दाङ, १६ कार्तिक । सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल दाङले वन सवालमा गम्भीर भएर अघि बढ्न डिभिजन वन कार्यालय दाङका प्रमुखहरुलाई आग्रह गरेको छ । महासंघ दाङ शाखाले शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि भरखरै जिल्लामा सरुवा भइ आएका डिभिजन वन कार्यालयका प्रमुखहरुलाई स्वागत गर्नुका साथै जिल्लाको सवाल बारेमा ध्यानाकर्षण गराएको छ ।

वन महासंघले डिभिजन वन कार्यालय दाङका डिभिजन वन अधिकृत शिव सापकोटा र डिभिजन वन कार्यालय देउखुरीका डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्तालाई स्वागत गरेको हो ।
वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले दुवै डिभिजन कार्यालयका प्रमुखहरुलाई स्वागत गर्दै उहाँहरुको कार्यकालमा जिल्लाको वन तथा वातावरणको सवालमा उल्लेखनिय भूमिका हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा वन महासंघ दाङका प्रवक्ता हेमराज शर्माले सामुदायिक वन महासंघले उठाउदै आएका सवाल, जिल्लामा रहेका चुनौति, अव गर्नुपर्ने रणनिति र सहकार्यका बिषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा जिल्लामा रहेका सवाल र चुनौति समेटिएको ज्ञापनपत्र दुवै डिभिजनका प्रमुखहरुलाई अध्यक्ष सुवेदीले दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका डिभिजन वन अधिकृत शिव सापकोटाले सवैको जिल्लामा देखिएका सवाललाई सवैको सहयोगबाट सम्वोधन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
डिभिजन वन कार्यालय देउखुरीका डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्तले वन तथा वातावरणका क्षेत्रमा रहेका चुनौतिलाई सवैको सहयोगबाट समाधान गर्न सक्ने विश्वास ब्यक्त गर्नुभयो ।

यसअघी दाङमा जिल्ला वन कार्यालय र त्यसको मातहतमा रहने गरी तीन वटा सेक्टर वन कार्यालय रहने गरेकोमा नयाँ ब्यवस्था अनुसार अव जिल्ला वन कार्यालयको ब्यवस्था छैन भने दाङ उपत्यका हर्ने गरी डिभिजन वन कार्यालय दाङ र देउखुरी हर्ने गरी डिभिजन वन कार्यालय देउखुरीको ब्यवस्था गरिएको छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ घोराहीका अध्यक्ष कर्णबहादुर बुढाथोकी, तुल्सीपुरका अध्यक्ष चन्द्रबहादुर वली, बबइका अध्यक्ष मोहलाल थापा, लक्ष्मी सिङ ठकुरी, जिल्ला महासंघका सदस्य सिता डाँगी लगायतकाले सामुदायिक वनका क्षेत्रमा आफ्नो स्थानीय महासंघभित्रका सामुदायिक वन क्षेत्रमा देखिएका समस्याबारेमा जानकारी गराउनु भएको थियो ।

जिल्ला महासंघका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला काषाध्यक्ष कमलराज पोख्रेलले स्वागत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*