Home / समाचार / जन्मदिनमा वद्धवृद्धालाई न्यानो कपडा

जन्मदिनमा वद्धवृद्धालाई न्यानो कपडा

दाङ,१२ कार्तिक । पाण्डवेश्वर यातायात प्रालिका अध्यक्ष सरोज शाह र उनकी पत्नी श्वता शाहले आफ्नो कान्छो छोराको पहिलो जन्मदिनको अवसरमा बृद्धआश्रमका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन । शाहका कान्छा छोरा संयोग शाह एक बर्ष पुरा भएको उपलक्ष्यमा घोराही उपमहानगरपालिका–१६ तेरौटेमा रहेको बृद्ध आश्रमका १७ जना जेष्ठ नागरिकहरुलाई ब्लाङ्केट, मोजा र खानेकुरा वितरण गरेका हुन ।saroj

छोराको जन्मदिनको खुसियालीमा अन्य फजुल खर्च गर्नुभन्दा न्यानो कपडाको अभावमा रहेका जेष्ठ नागरिकहरुलाई सहयोग गर्नु उचित ठानेर आफुले जेष्ठ नागरिकहरुलाई सहयोग गरेको उनले बताए । शाहले करिव २५ हजार बरावरको सामाग्री आश्रमका जेष्ठ नागरिकलाई वितरण गरेका थिए । साथै उनले आफ्ना पारिवार भित्र समाजसेवाको भावना जगाउन पनि यस किसिमको कार्य गरेको उनले बताएsaroj

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*