Home / समाचार / कांग्रेस महासमिति बैठक भृकुटीमण्डपमा

कांग्रेस महासमिति बैठक भृकुटीमण्डपमा

काठमाण्डौ,११ कार्तिक । नेपाली कांग्रेसले महासमितिको बैठक राजधानीको भृकुटीमण्डपमा गर्ने भएको छ।

सभापति शेरबहादुर देउवासहित पदाधिकारी तथा काठमाडौं, भक्तपुर, ललितपुरका सभापतिको बैठकले महासमिति बैठक भृकुटीमण्डपमा गर्ने निर्णय गरेको हो। कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म हुँदैछ। कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ ९ गते बसेको बैठकले महासमिति बैठक मंसिर पहिलो साता राजधानीमा गर्ने निर्णय गरेको थियो। बैठकले काठमाडौं जिल्ला कार्यसमिति सभापतिको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति पनि गठन गरेको छ।

जुन समितिले महासमिति बैठकका लागि आवश्यक व्यवस्थापन गर्नेछ। महासमिति बैठक तयारीबारे उपसमिति गठन गर्न कांग्रेसले कार्तिक १२ गते स्थानीय व्यवस्थापन समितिको बैठक बोलाएको छ। कार्तिक १६ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म जलपान कार्यक्रम गर्ने कांग्रेसको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*