Home / Feature Breaking news / जिप दुर्घटनामा डीआईजीसहित तीनको मृत्यु

जिप दुर्घटनामा डीआईजीसहित तीनको मृत्यु

काभ्रे,१० कार्तिक । काभ्रेको मन्डन देउपुर नगरपालिका–५ स्थित ढकाल थोकमा बा ३ च २८७ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काका अनुसार मृत्यु हुनेमा मण्डन देउपुर–४ का जीवन पराजुली, नमोबुद्ध नगरपालिका–१० का विनोद कार्की र नेपाल प्रहरीका डीआईजी सुशील भण्डारी छन् । पराजुली र कार्कीको घटनास्थलमै र डीआईजी भण्डारीको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । पराजुली एभिन्यूज टेलिभिजन काभ्रेका संवाददाता हुन् भने कार्की ट्रेड यूनियन कांग्रेसका ३ नं प्रदेश संयोजक हुन् ।

घाइते ३ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा एपीएफका पूर्व डिएसपी विनोद गौतम, धनराज पुरी र प्रदिप बोगटी छन् । गाडी बोगटीले चलाएका थिए । घाइते बोगटीका अनुसार बिजुलीको तार छलाउने क्रममा कोदोबारीमा चिप्लिएर दुर्घटना भएको थियो । मृतक पराजुली र कार्कीको शव पोष्टमार्टमको लागि शिर मेमोरियल अस्पतालमा ल्याइएको छ भने भण्डारीको शव धुलिखेल अस्पतालमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*