Home / समाचार / माहुरीको घारमा विषादी, २२ लाखको क्षति

माहुरीको घारमा विषादी, २२ लाखको क्षति

घोराही, ९ कार्तिक

दाङमा चराउन ल्याईएको मौरीमा विषादी हालिदिदा चितवनका एक किसानको ४४ घार माहुरी मरेका छन् । घोराही उपमहानगरपालीका वडा नम्बर १२ का किसानको तोरीबारीमा राखिएका मध्ये ४४ घार माहुरीको गोलामा अज्ञात व्यक्तिले विषादी हालिदिदा २२ लाख रुपियाँ बराबरको क्षेती भएको छ । मरेका माहुरी र घार काम नलाग्ने भएपछि जलाइएको छ ।

फूलहरुमा भएको विषादीले एकैपटकमा यसरी माहुरी नमर्ने भएकाले घारमा नै विषादी हालिदिएको कृषकहरुको भनाई छ ।

असोज २६ गते दाङ ल्याएर माहुरी छाडेर चितवन दशै मनाउन गएका किसानहरुको माहुरी घारमा विषाद िहालिदिएको ७ गते बेलुका जानकारी पाएपछि आफूहरु ८ गते दाङ आएको कृषक विकाश नेपालले जानकारी दिए ।

यसबारेमा आफूहरुले स्थानीय प्रशासनलाई जानकारी गराउदा खासै चासो नदिएको अर्का कृषक कुमार श्रेष्ठले बताए । ‘हामीले यसरी विषदी हालिदिएर माहुरी मरेको बारेमा दाङको प्रशासनलाई जानकारी गराएका छौ’ उनले भने– ‘तर यस विषयमा प्रशासनले खासै चासो दिएको छैन ।’

यसरी एकै पटकमा धेरै माहुरी मरेको दाङको यो चौथो घटना हो । यो भन्दा पहिले ३ पटक यसरी नै ठुलो मात्रामा विषादीका कारण माहुरीहरु मरेका थिए ।

२०५७ सालमा फुर्सेखालीमा ०७२ सालमा बगालेमा र २०७४ सालमा रामपुरमा यसरी विषादी हालिदिएर माहुरी मरेका थिए ।

विषादी राखिदिने व्यक्तीहरुलाई कारबाही नहुदा यस्ता घटना दोहोरिने गरेको नेपाल माहुरीपालक महासंघका वरिष्ठ उपाध्यक्ष दिपक श्रेष्ठको भनाई छ ।

साथै माहुरी किसानहरुलाई क्ष्ाितपूर्ति दिन र विष हालिदिने अपराधीलाई कारबही गर्न उनले माग पनि गरेका छन् ।

दाङमा कार्तिक मंसीर महिना मह उत्पादनकालागि सिजन हो । यो सिजनमा तोरी र चिउरीको फूलबाट माहुरीले मह उत्पादन गर्ने गर्दछ ।

यो सिजनमा ४ सयदेखी ५ सय टनसम्म मह उत्पादन हुने गरेको छ । दाङमा बाहिरि जिल्लबाट करिब ५ हजार घार माहुरी प्रत्येयक वर्ष चराउन ल्याउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*