Home / Feature Breaking news / मादलले धानेको जीवन …

मादलले धानेको जीवन …

अमरराज आचार्य
दाङ,९ कार्तिक । विहिवार दिउसो १२ वजे घोराही उपमहानगरपालिका वडा नं १४ झिंगौरा निवासी जुठे वादीको घरमा पुग्दा उनी मादल बनाउन व्यवस्थ थिए र्। उनलाई मादल अहिले वनाउन भ्याइ नभ्याइ छ । तिहार नजिकेसँगै मादलको माग धेरै छ । दिन भरीमा पनि मादल निर्माण गरेर नभ्याए पछि रातको समयमा समेत काम गर्ने गरेका छन् ।
उनले विगत ४० वर्षदेखि मादल बनाउने काम गर्दै आएका छन । आफनो वावुवाट मादल वनाउन उनले सिकेका थिए । मादल बनाएर सिजनको समयमा मासिक खर्च कटाएर २ लाखसम्म वचाउने गरेका छन् । ‘सधै भरी हुदैन सिजनको समयमा खर्च कटाएर मासिक २ लाख रुपैया वचाउने गरेको छु’ उनले भने । तीज, दशै तथा तिहारको समयमा वढी मादलको माग हुने वादीले बताए । अन्य सिर्जनमा फाटफुट काम हुने गरेको छ ।

उनले आफुसंगै २ जना व्यक्तिलाई रोजगार समेत दिएका छन् । वादीले विगत ४० वर्षदेखि घोराहीमा पुरानो मादल मर्मत तथा नयाँ मादल बनाउने काम गर्दै आएका छन । मादलको साथै उनले दमा, सारङगी समेत बनाउने गर्ने गरेका छन । उनले निर्माण गरेका मादल सवै भन्दा वढी रोल्पामा जाने गरेका छन् । ‘मैले निर्माण गरेका मादलहरु सवै भन्दा वढी रोल्पामा जाने गरेको छ’ वादीले भने ‘ त्यो बाहेक जिल्लाका विभिन्न स्थानमा पनि मादल जाने गरेको छ ।’

उनीसँग ३ हजारदेखि ५ हजार मुल्यसम्मका मादलहरु रहेका छन । उत्पादन भएका मादल वजारको कुनै पनि समस्या नभएको उनको बताए । ‘उत्पादन गरेका सामाग्री विक्रीको कुनै समस्या छैन सवै घरमा आएर नै लैजाने गर्नु हुन्छ’ वादीले भने ‘ माग अनुसार मादल पु¥याउन समेत समस्या छ ।’ मादल निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थको भने समस्या भएको उनले बताए । मादल वनाउनका लागि आवश्यक पर्ने काठ समेत पाउन समस्या भएको वादीले बताए । ‘अहिले जङगलबाट काठ ल्याउन समेत पाइदैन’ वादीले भने ‘कसैले काठ दिए पनि किनेर ल्याउदा समेत समस्या झेल्नु परेको छ । काठ किनेर सहज रुपमा ल्याउन पाउने व्यवस्था हुनु पर्ने उनले बताए ।

त्यसैगरेर देश वाहिरबाट ल्याउनु पर्ने अन्य कच्चा पदार्थमा समेत धेरै भन्सार लगाने गरेको बताए । ‘हामीले सामान ल्याउदा किनेको सामानको भन्दा करिव ४ गुणा वढी रकम तिर्नु पर्ने वाध्यता छ’ वादीले भने । आफुहरुलाई वाहिरवाट सामाग्री ल्याउदा भन्सारमा छुट तथा सहज रुपमा काठ उपल्वध गराउने व्यवस्था मिलाइ दिनु पर्ने उनको भनाइ छ । ‘हामीलाई परिचय पत्र वनाइदिएर सहज रुपमा काठ ल्याउन दिने व्यवस्था मिलाइ दिनु पर्दछ जसले गर्दा केही मात्रामा भए पनि सहयोग हुने छ’ वादीले भने ‘सहज रुपमा कच्चा पदार्थ प्राप्त गर्ने सकेमा आफुले कम्तीमा १२ देखि १५ जनालाई रोजगार दिन सकिन्छ ।’

मादल वनाउने समुदायलाई समाजमा हेर्ने दृष्टिकोण समेत फरह रहेको उनको बताए । पछिल्लो समयमा यसतर्फ युवा वर्गहरु नलाग्ने गरेको बताए । ‘मादल वनाउने समुदायलाई समाजले तल्लो दृष्टिले हेर्ने गरेको छ’ वादीले भने ‘ संविधानमा विभेदको अन्तय गरीएको उल्लेख गरीए पनि व्यवहारीक रुपमा कार्यान्वयन हुन सकेको छैन’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*