Home / Feature Breaking news / ओझेलमा रामजानकी मन्दिर

ओझेलमा रामजानकी मन्दिर

दाङ,९ कार्तिक । पर्यटनको राम्रो सम्भावन बोकेको दाङको एक धार्मीक सम्पदा ओझेलमा परेको छ । करिव ८ दर्शक पहीले निर्माण भएको दाङको गढवा गाँउपालिका स्थीत कोइलावासमा रहेको रामजानकी मन्दीर हाल ओझेलमा परेको छ । नेपालको जनकपुर पछिको दोस्रो स्थानमा पर्ने रामजानकी मन्दिर ब्यवस्थापन तथा प्रचार प्रसार नहुदा ओझेलमा परेको कोइलावास वासीहरुले बताएका छन् ।

सन् १८८५ मा निर्माण भएको सो रामजानकी मन्दीरमा पहीले आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेपनि हाल मन्दिर दर्शन गर्न आउने पर्यटकहरु न्यून रहेको स्थानीयहरु बताउछन् । पहीले भारत लगायत अन्य देशवाट पर्यटकहरु मन्दीर दर्शनका लागी आउने गरेपनि हाल पर्यटकहरुको संख्या निकै कमभएको बताएको छ । ‘‘मन्दिरमा पहीले दैनिक दुई सय बढी भारत तथा नेपालका अन्य स्थानवाट पर्यटकहरु आउने गर्थे, हाल भने पर्यटकहरु सुन्यप्रया छ’’,–स्थानीय फरिद सिद्धिकीले भने ।

’पर्यटनको राम्रो सम्भावना वोकेको सो मन्दिर हाल ओझेलमा पर्नुमा कोइलावास सम्म जाने बाटोको दुरावस्था तथा प्रचार प्रसार नहुनु मुख्य कारण भएको स्थानीय’’– सानुमाया तुलाधर बताइन् । ‘मन्दीरको उचित प्रचार प्रसार नहुनु तथा धार्मीक तथा पर्यटकीय स्थलको संरक्षणमा राज्यले ध्यान नदिएका कारण नेपालकै दोस्रो ठुलो रामजानकी मन्दिर ओझेलमा परेको स्थानीयहरु बताउछन् ।

‘यसको उचित संरक्षण तथा प्रचार प्रसार भयो भने दाङको पनि विकाश हुन्छ, दाङको नामपनि देशै भर छाउने, यसले आन्तरिक तथा वाह्य पर्यटकहरु भित्राउछ – स्थानीय हरि कुरसीले भने । कुनै बेला रात दिन झकीझकाउ हुने तथा पर्यटकहरुको घुइचो हुने मन्दीर हाल सुन्सान हुने गरेको छ । अन्य स्थानमा पर्यटन प्रवद्धनका लागी भन्दै मेला महोत्सव भएपनि दाङको सवै भन्दा पुरानो र ठुलो रामजानीकी मन्दीरमा भने कुनै कार्यक्रम नभएको स्थानीयहरुले गुनासो गरेका छन् ।

सो मन्दिरमा पहीले सरद पुर्णमा र कृष्ण जन्माष्टीमा कृष्ण लिला ७ दिन सम्म धुमधामका साथ मनाउने गर्दथे । नेपाल र भारतमा पनि प्रसिद्ध रहेको सो मन्दिर हाल ओझेलमा परेको स्थानीयहरु बताउछन् । कुनै बेला भारत तथा दाङ, रोल्पा, रुकुम र सल्यान लगायतका बटुवाहरुको आश्रय स्थल मन्दिर थियो । सो मन्दिरलाई व्यवस्थीत गर्न सके आन्तरिक तथा वाह््पर्यटकहरुको भित्याउन सकिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*