Home / Feature Breaking news / घोराही ११ को शिबपुरमा शहरी स्वास्थ्य केन्द्र स्थापना

घोराही ११ को शिबपुरमा शहरी स्वास्थ्य केन्द्र स्थापना

घोराही, ८ कार्तिक । घोराही उपमहानगरपालिकाले वडा नम्बर ११ को शिबपुरमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । जनप्रतिनिधिहरु निर्वाचित भएपछिको नगर कार्यपालिका बैठकले प्रत्येक वडामा एक वडा एक शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने निति पारित गरेको थियो ।

सोही निति अनुसार नागरिकहरुको स्वास्थ्य उपचारलाई पहुँच युक्त बनाउन शहरी स्वास्थ्य केन्द्र स्थापना भैरहेको नगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो । कुनै पनि विरामीहरुलाई उपचारबाट बन्चित हुन नपरोस र निशुल्क उपचार होस भन्ने हेतुले वडाहरुमा वडाबासीको पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्रहरु स्थापना भैरहेका उहाँको भनाई छ ।

आज एक कार्यक्रमको आयोजना गरि वडा नम्बर ११ को शिबपुरमा शहरी स्वास्थ्य केन्द्रका नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले उद्घाटन गर्नुभएको छ । वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यबहाक प्रमुख न्यौपानेले रिवन काटेर स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै न्यौपानेले नागरिकहरुलाई स्वास्थ राख्न र कुनै पनि समस्या भए सम्भब भए सम्मका उपचारहरु घर नजिकैबाट प्रबाह गर्नका लागि वडाहरुमा शहरी स्वास्थ्य केन्द्रहरु स्थापना भैरहेको जानकारी दिनुभयो ।

गाउँमै स्वास्थ्य उपचार गराउने र जटिल प्रकारका रोगीहरुलाई उपमहानगरले ५ हजार रुपैयाँ उपलब्ध गराउदै आएको समेत जानकारी दिनुभयो । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनार, नगरका सल्लाहकार रमेशकुमार अधिकारी, नगरका जनस्वास्थ्य प्रर्बद्धन समिति संयोजक खोपीराम चौधरी, बाताबरण तथा बिपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जनस्वास्थ्यलाई सम्पत्तीकारुपमा बुझ्न आग्रह गर्नुभयो ।

उक्त शहरी स्वास्थ्य केन्द्रबाट ३२ प्रकारका औषधीहरु निशुल्करुपमा पाईने केन्द्रका इन्चार्ज शिबबहादुर कवरले जानकारी दिनुभयो । साथै प्राथमिक उपचार, गर्भवती जाँच, टिबिको उपचार, परिवार नियोजनका साधन बितरण, परामर्श, खोप लगाएतका उपचार सेवा समेत दिईने उहाँको भनाई छ । कार्यक्रमको सहजिकरण वडा सदस्य ज्ञानेन्द्रबहादुर बस्नेतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*