Home / Feature Breaking news / सराय नाच ः पहाडमा सुस्ताउँदै तराईमा मौलाउँदै

सराय नाच ः पहाडमा सुस्ताउँदै तराईमा मौलाउँदै

लमही, ८ कार्तिक । विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म पहाडी क्षेत्रमा बृहत्त रुपमा खेलिँदै आएको सराय नाँच खुडा जात्रा पछिल्लो समयमा पहाडी जिल्लामाभन्दा तराइमा मौलाउन थालेको छ । खास गरेर राप्तीको प्युठान, लुम्बिनीको अर्घाखाँची, गुल्मीलगायतका जिल्लामा सराय नाँचलाइ निक्कै महत्वका साथ लिने गरेको पाइन्छ ।

पहाडी जिल्लाहरुबाट बसाइसराई गरी संगठित रुपमा बसोबास गर्न थालेका पहाडी समुदायहरुले तराईमा पनि सराय खडक जात्रा निकाल्न थालेका छन् । पडाही क्षेत्रहरुबाट अधिकांश मानिसहरु तराइमा झरी स्थायीरुपमा बसोबास गर्न थालेपछि आफ्नो संस्कृतिलाइ निरन्त्तरता दिनका लागि सराय नाँच निकाल्ने गरेको उनीहरु बताउँछन् । ‘हाम्रा पूर्वजहरुले गरेका कार्यहरु नयाँ पुस्ताहरुमा समेत हस्तान्त्रण गरिनु पर्छ भन्ने मान्यता हो, अर्कोतिर तराईका विभिन्न स्थानहरुमा बसोबास गरे पनि सोही जात्राका कारण सबैको मिलन गर्ने थलोको रुपमा लिन पनि हामीले सराय नाँच निकाल्ने गरेका छांै’, लमहीका हेमन्तप्रसाद पाण्डेयले भने ।

उनी गुल्मीबाट दाङको लमहीमा आइ स्थायी बसोबास गर्दै आएका छन् । उनीहरुले ठाँउठाँउमा दुर्गा मन्दिरहरु स्थापना गरी आफ्नो परम्परा संस्कृतिलाइ निरन्तरता दिँदै आएका छन् । बुधवार लमहीमा बृहत रुपमा खडक जात्रा निकाल्दै विजया दशमी २०७५ को विदाइ गरिएको छ । लमही रातोडाँडा स्थित कालिका मन्दिरबाट निकालिएको सराय नाँच खडक जात्रा लमही बजार परिक्रमा गरी फूलपाति विसर्जन गरी दशैंलाई विदाइ गरेका छन् ।

दशैं असत्यमाथि सत्यको विजय भएको पर्वको रुपमा लिइँदै आएको छ । राक्षस महिसासुरलाई देवीले वध गरेको अवसरमा खुशीयालीमा विजया दशमी विजयाको टिका लगाएको किम्मदन्ति छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म विजयपछि विजय उत्सव मनाइएकोे र सोही क्रममा खडक जात्रा निकालीको केही पुराना पुस्ता बताउँछन् । सो विजय उत्सवको रुपमा पहाडी जिल्लाबाट निकाल्न सुरु गरिए पनि पहाडदेखि तराईसम्म जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*