Home / Feature Breaking news / निर्वाचन क्षेत्र पुर्वाधार विकास परामर्श समितिको बैठक

निर्वाचन क्षेत्र पुर्वाधार विकास परामर्श समितिको बैठक

दाङ ७ कार्तिक । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तरगत जिल्लामा छलफल शुरु भएको छ । निर्वाचन क्षेत्र न १ स्थानीय विकास पुर्वाधार विकास साझेदारी परामर्श समितिको बैठक बुधवार घोराहीमा सम्पन्न भएको छ ।

निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभाका सदस्य मेटमणि चौधरीको संयोजकत्वमा बैठक भएको हो । बैठकमा प्रतिनिधिसभा सासद, प्रदेशसभा सासद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, लमही नगरपालिका प्रमुख, घोराही उपमहानगरपालिका कार्यवहायक प्रमुख, राप्ती र राजपुर गाउँपालिका प्रमुखहरुको सहभागिता थियो । ‘ निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको लागि छलफल शुरु भएको छ’ जिल्ला समन्वय समिति दाङका समन्वय अधिकारी कृष्णप्रसाद गौतमले भने ‘ अव बाँकि निर्वाचन क्षेत्रको पनि छलफल शुरु हुने छ ।’

उनका अनुसार बुधवार निर्वाचन क्षेत्र न १ को परामर्श समितिको बैठकले कार्तिक ११ गते योजनामा छलफल गर्ने निर्णय गरेको छ । परामर्श समितिमा छलफल भएका योजना निर्देशक समितिमा पठाउने व्यवस्था छ । निर्देशक समितिले पास गरेमा योजनाहरु कार्यान्वयनमा जाने छन् । दाङमा तिन वटा निर्वाचन क्षेत्र छन् ।

प्रत्येक निर्वाचन क्षेत्रको लागि सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कार्यक्रम अन्तर्गत २० योजना छनौट गनुपर्ने व्यवस्था । ५०÷५० लाखका दुइवटा योजना र बाँकि १० लाखभन्दा माथिका अन्य योजना छनौट गर्नु पर्ने व्यवस्था भएको समन्वय अधिकारी गौतमले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*