Home / Feature Breaking news / सुनिन् छाड्यो गाउँघरमा मालश्री

सुनिन् छाड्यो गाउँघरमा मालश्री

अमरराज आचार्य
दाङ । बिहानै घरमा दुर्गा जगाउँदै मालश्री गाउँदा दसँै आएको संकेत हुने गरे पनि पछिल्ला वर्षका दशैहरुमा मालश्रीका स्वर सुनिन छोडेका छन् । पहिले प्रत्येक घर घरमा गन्धर्व समुदायका व्यक्ति नवरात्रीमा मालश्री गाउन आउने गरे पनि हाल भने त्यो देख्न नपाएको घोराहीका सुरज वुढाथोकीले बताए ।

‘दशैको सुरुवातसँगै गाउँघरमा एउटा धुन सुनिन्थ्यो, जुन धुन र त्यसै धुनमा लय मिसायर गाईने गाथाले गाउँघरमा दशैं आएको झझल्को दिन्थ्यो । तर त्यो गाउँघरमा क्रमश हराउँदै गएको छ’ उनले भने । घटस्थापना देखि पुर्णिमा सम्म दुर्गा भवानीको भजन गाउदै निकाल्ने एउटा धुन नै मालश्री हो । ‘दशैंको रौनक भने कै मालश्रीको धुनले निकाल्थ्यो ।

आज भोली जस्तो म्युजिक सिस्टम नभएको त्यो समयमा घर घरमा अनि टोल टोलमा सुनिने मालश्रीको धुनमा गाईने भजनले नै दशैंको महत्व बढाउथ्यो’वुढाथोकीले भने । रेडियो, टिभीमा दशैंको शुभकामना दिदा बज्ने मीठो धुन नै मालश्रीको धुन भएको बुढापाकाहरु बताउछन । आज भोली रेकर्ड भएर रेडियो टिभीमा सुन्न पाईन्छ ।

पछिल्लो समयमा गाउँघरमा यस्ता धुन रेडियो टिभीमा मात्र सुन्न पाइने गरेको शान्तिनगरका ज्ञानेन्द्रराज शर्माले बताए । बजाउन जान्ने मान्छेको कमि, परम्परागत लोक संस्कृती माथी आजका युबाको चासो नहुनु नै मालासिरी धुन सुनिन छाडनु प्रमुख कारण भएको शर्माले बताए । बुढा पाकाहरु र केही विशेष दख्खल भएका गन्धर्बहरुले मात्र मालश्ररी धुन बजाउन र भजन किर्तन गर्न सक्ने भएका कारण समयको अन्तराल सँगै मालश्री धुन लोप हुँदै गएको शर्माको वुझाइ छ ।

पछिल्लो समयमा युवाहरु पश्चिमेली संस्कृतिमा रमाउन थाले पनि आफनो संस्कृती हराउदै गएको उनको भनाइ रहेको छ । विशेष गरेर पहाडी समुदायमा चर्चित मालश्री धुन आजका युबा माझ गुमनाम हुनुमा सांस्कृतिक बिचलन भएको यसका जानकारहरु बताउछन् । ‘हिजो हाम्रा पुर्खाले मान्दै आएको परम्परा लाई छाडदै नयाँ तरिकाले परम्परा मान्न थालेपछी यस्ता भाका हराउदै गएका छन’ शर्माले भने । राजा, मुख्य अनी जिम्मालको घर आँगनमा बुढापाका अनि गन्धर्बहरु जम्मा भएर मालश्ररी धुन गाउने गरीएको यसका जानकार बताउछन् ।
के हो माश्रीधुन ?

नेपाली समाजमा दसैंको समयमा यो धुन बजाउने गरेकाले दसैं धुन पनि भनिन्छ । दसैंको समयमा हिन्दु परम्परा अनुसार नौ दिन देवीको पूजा गरिन्छ । ऐतिहासिक किम्ब दन्ती अनुसार देवीको गुन गानका लागि यो धुन बजाइने हो । पुरानो मान्यता अनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुन सास्त्रीय धुन रहेको संस्कृति विद्ध डा गोविन्द आचार्यले बताए । यसलाई मगलको कामना गदै वजाउने गरेको आचार्यले बताए ।

‘घर वा मन्दिरमा देवीको पूजा सुरु गर्नु पूर्व यो धुन बजाइन्छ ’ आचार्यले भने । यो धुन नव दुर्गा भरी विहानको समयमा वजाइने संस्कृतविद् आचार्यले बताए । ‘कहीं कतै धनुसँगै गीत पनि गाइन्छ’ उनले भने ‘तर आज भोली यो धुन कमै सुन्न पाइन्छ ।’ मालश्री धुनका लागि पहिले पहिले बढी मात्रामा नौमती बाजा बजाउने गरिन्थ्यो । धुन निकाल्नका लागि भने विशेष सीप भएकाले मात्रै सक्छन् । प्रविधिको विकास सँगसँगै मालश्री धुनको लागि आधुनिक बाजा गाजाको विकास पनि भइसकेको छ । मालश्री धुनका वारेमा लिछिविकाल देखी नै खिलित इतिहास रहेको संस्कृतविद् आर्चायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*