Home / Feature Breaking news / घोराही उपमहानगरपालिका १६ को भवन निर्माण

घोराही उपमहानगरपालिका १६ को भवन निर्माण

घोराही, २९ असोज । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले नयाँ भवन निर्माण गरेको छ । गएको आर्थिक बर्ष देखी निर्माण सुरु गरेको भवन हालै निर्माण सम्पन्न भएपछि आज उद्घाटन गरिएको हो ।

वडा नम्बर १६ का कार्यबहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि प्रमुख अतिथी नगर प्रमुख नरुलाल चौधरीले सोमबार भवनको उद्घाटन गर्नुभएको हो ।

करिब ६७ लाख रुपैयाँको लागतमा अपांग, जेष्ठ नागरिक मैत्री भवन निर्माण भएको हो । एउटा हल सहित ५ वटा कोठा र तीन वटा शौचालय निर्माण गरिएको छ । ६७ लाख बजेटले करिब १२ कट्ठा क्षेत्रफल रहेको जमिनको संरक्षणमा पर्खाल तथा तारबार समेत गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख चौधरीले भाडामा रहेका वडा कार्यालयहरुलाई बिस्तारै आफ्नै भवनमा सार्ने योजना रहेको बताउनुभयो । अझै केही वडाहरु भाडाको घरमा बसेर सेवा दिनुपर्ने बाध्यता रहेको भन्दै उहाँले आफ्नै भवनबाट सहज ढंगले सेवा दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको सहजिकरण वडा सचिब नारायणप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले वडाबाट हुने काममा छिटो छरितो बनाउदै लैजान आग्रह गरेका छन् । सिंहदरवारका अधिकार गाउँगाउँमा भने झै नागरिकको काममा ढिलाई नगर्न सुझाब दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*