Home / Feature Breaking news / प्रहरीले जनताको विश्वास टुट्न दिनुहुदैन ः बस्नेत

प्रहरीले जनताको विश्वास टुट्न दिनुहुदैन ः बस्नेत

दाङ,२६ असोज । ५ नम्वर प्रदेश प्रहरी इकाई कार्यालय तुलसीपुरका प्रमुख डिआईजी शेरबहादुर बस्नेतले प्रहरीले नागरिकको विश्वास टुट्न नदिने बताएका छन ।

पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति दाङले शुक्रवार घोराहीमा आयोजना गरेको दिजया दशमी तथा सुभ दिपावलीको सुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बस्नेतले समाजमा शान्ति सुरक्षा कायमदेखि अपराध नियन्त्रणमा जनताको विश्वास रहेको भन्दै बस्नेतले जनताको विश्वासलाई प्रहरीले टुट्न नदिने बताए । समाजमा शान्ति सुरक्षा कायमदेखि ,गुण्डागर्दी ,चोरी, हत्या, हिंसालगायतका नियन्त्रणमा प्रहरीले सक्रियता देखाउनुपर्ने बताए ।

‘प्रहरीमाथि जनताको ठूलो विश्वास रहेको छ,त्यो विश्वासलाई देखाउन हरेक प्रहरीले इमान्दारिताका साथ काम गर्नुपर्छ’, बस्नेतले भने । साथै बस्नेतले नेपाल प्रहरीको इतिहासदेखि संगठन निर्माणमा पूर्व प्रहरीहरुको महत्वपुर्ण भुमिका रहेको बताए । विगतमा महत्वपूण योगदान गर्ने प्रहरीहरुको योगदानलाई राज्यले सम्झानुपर्ने बताए ।

नेपाल पूर्व प्रहरी र्सघका जिल्ला अध्यक्ष रोबरबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार नवीन अभिलाषी, पूर्व प्रहरी संगठनका प्रद्रेश सचिव नरेशकुमार डागी, पूर्व प्रहरी संगठन तुलसीपुरका अध्यक्ष खुशल आले,अमर प्रहरी महिला संघकी जिल्ला अध्यक्ष निर्मला थापालगायतले पूर्व प्रहरीहरुलाई राज्यले विभेद गरेको बताएका थिए । कार्यक्रमको सहजीकरण संगठनका जिल्ला सचिव भूपेन्द्र सुवेदीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*