Home / Feature Breaking news / सिंगापुरले दियो नेपाललाई ८२ रनको लक्ष्य

सिंगापुरले दियो नेपाललाई ८२ रनको लक्ष्य

काठमाडौं,२६ असोज । आईसिसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्र छनोटमा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ दशमलव ३ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन बनाएको हो ।

सिंगापुरका सुरेन्दंन चन्द्रमोहनले सर्वाधिक २५ रन बनाए । मनप्रित सिंह र सिदान्तले १०–१० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । सिंगापुरका ब्याट्सम्यानलाई सस्तैमा समेट्न नेपालबाट एउटै प्रतियोगितामा धेरै विकेट लिने कीर्तिमान बनाउन सन्दीप लामिछानेले ४ विकेट लिए ।

सोमपाल कामी र करण केसीले समान २–२ विकेट लिँदा वसन्त रेग्मीको नाममा १ विकेट रह्यो ।
आजको खेलमा ४ विकेट लिएसँगै सन्दीप लामिछानेले वसन्त रेग्मीको नाममा रहेको कीर्तिमान भंग गरेका छन् । उनले एउटै प्रतियोगितामा २४ विकेट लिँदै वसन्तको नाममा रहेको २१ विकेटको कीर्तिमान तोड्दै आफ्नो नाम दर्ता गरेका छन् । नेपालले अहिले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*