Home / मनोरञ्जन / दशैं तिहार सौगात परदेशीको पीडा…..

दशैं तिहार सौगात परदेशीको पीडा…..

दाङ,२६ असोज । भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवै रूपमा यो शक्ति पूजाको पर्व दशैं तिहार हिन्दुहरुको महान पर्व हो । विशेष त दशैमा आफुभन्दा मान्यजनको हातबाट टिका थापी आशिर्वाद लिन प्रचलन छ भने तिहारमा दिदी भाईले टिका लाउने गरिन्छ ।

दशैंको यो परिवेशमा नेपाली संगीत बजारमा दशैं तिहार विशेष गीतहरु सार्वजनिक भईरहेका छन । यहि क्रममा गायक दिपक बुढा र दामुदर “यात्री” को शब्दमा मार्मिक दशैं तिहार गीत सार्वजनिक भएको छ । चाडपर्वमा परदेशीले भोग्नु परेको पीडालाई गीतमा पोखिएको छ ।

यो मर्मस्पर्शी गीतमा वि.वि.अनुरागीको स्वर र संगीत रहेको छ । र एरेन्ज रहेको उक्त गीत प्रिज्म रेकर्डिङ स्टुडियो काठमाण्डौंमा रेकर्ड भएको हो भने भिडियोलाई एओन मुभी मेकर्स प्रालि दाङले बनाएको हो । अमृतमान वलीको निर्देशन रहेको दशै तिहारको गितमा अमृतमानकै छायाकंन तथा सुस्मा वलिको सम्पादन रहेको छ । उक्त गितका सर्जक तथा निर्माता भन्छन्, परदेशीको पिडालाई आफुले नजिकबाट बुझेको र आफुलाई परदेशीकै स्थानमा राखेर नेपाली चाड आउदा घरदेशलाई सम्झिएर परदेशीको मन उठ्ने मार्मिक भावनालाई समेटेको छु ।

भिडियो हेर्न यो लिङकमा क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*