Home / Feature Breaking news / यूनिक मार्केट प्लाष्टिक झोला मुक्त

यूनिक मार्केट प्लाष्टिक झोला मुक्त

दाङ,२५ असोज । दाङ घोराहीमा रहेको यूनिक मार्केटको शुक्रवार एक कार्यक्रमको आयोजना गरि उदघाटन गरिने भएको छ । घोराही उपमहनगरपालिका–१५ तुलसीपुरचोक स्थीत रहेको युनिक मार्केटको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उदघाटन गर्ने भएका छन ।

। यूनिक मार्केटले विहिवार घोराहीमा पत्रकार सम्मेलनका आयोजना गरि जानकारी गराएको छ । कोशिस फाउन्डेसको ब्यवस्थापनमा सञ्चालनमा रहेको यूनिक मार्केटको (ग्राण्ड ओपनिङ) गर्न लागेको जानकारी दिइएको हो । उद्घाटन समारोहमा सभामुख महरासहित राष्ट्रियसभा सदस्य अनिता देवकोटा, जनप्रतिनिधि तथा ब्यावसायीक अगुवाहरुको उपस्थिति रहने भएको छ ।

यूनिक मार्केट सञ्चालक समितिका अध्यक्ष शालिकराम खनालको अध्यक्षता एंव नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा मार्केट सञ्चालक सदस्य हेमराज शर्माले मार्केट राज्यले अघी सारेका वातावरण मैत्री र केहि सामाजिक कार्यहरु गर्ने समेत योजना रहेको जानकारी दिएका हुन ।
मार्केटमा पलाष्टिकको ब्याग प्रयोगलाई पूर्णरुपमा निषेध गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । घोराही उपमहानगरपालिकाले अघि सारेको सरसफाइ र वातावरण संरक्षणको अभियानमा सहायत्री बन्दै उपमहानगरपालिकाले जिम्मा दिएको टोल बिकास क्षेत्रमा प्रत्येक बर्ष २५ वटा बिरुवा लगाउने र ती बिरुवाको संरक्षणका लागि तारजालीमा लाग्ने लागत ब्यहोर्ने समेत शर्माले जानकारी दिए ।

मार्केट उदघाटनका अवसरमा कमल गाउँले,कृष्ण रेउले,प्रेम शर्मा,डिला बस्याल, पिताम्वर रिजाल, देवेन्द्र बस्नेत, प्रेम शर्मा, बि फ्रिडम ग्रुपका कलाकारहरुको प्रस्तुती रहने गरी सांगितिक कार्यक्रम गरिने जानकारी गराइएको थियो । घोराहीमा बिभिन्न पेशा र ब्यावसायमा संलग्न ९ जनाले करिव १ करोड ५० लाख रुपैया लागतमा मार्केट स्थापना गरि सञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*