Home / Feature Breaking news / देउखुरीको १३ सय हेक्टरमा हिंउदे मकै

देउखुरीको १३ सय हेक्टरमा हिंउदे मकै

अमरराज आचार्य
दाङ, २२ असोज । देउखुरीमा यसबर्ष करिव १३ सय हेक्टरमा हिउदे मकै खेती गरिने भएको छ । देउखुरीका विभिन्न क्षेत्रमा यो बर्ष १३ सय हेक्टरमा मकै खेती गरिन थालिएको हो । अहिले उक्तक्षेत्रमा करिव १ हजार हेक्टरमा मकै खेती सुरु भइ सकेको छ । भने बाँकी ३ सय हेक्टरमापनि छिट्टै नै हिउदे मकै खेतीहुने प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ (मकैसुपरजोन) लमही दाङले जनाएको छ ।

कार्यालयका कृषिअधिकृत पिताम्वर वस्नेतका अनुसार अहिले लमही नगरपालिका र राप्तीगाउ पालिकामा हिउदे मकै रोपि सकिएको छ । गढवा गाउपालिका र राजपुर गाऊपालिकामा हिउदे मकै खेतीको तयारी थालिएको अधिकृत वस्नेतले बताए । कृषकहरुले अहिले वारीमाकमै खेती गरी सकेका छन् । भने खेतमाधान काटेर कमै लगाउने तयारी समेत सुरु गरेका छन् । परियोजनाले चालु अर्थिक वर्षदेखि गढवा गाउपालिका र राजपुर गाऊपालिकामा कार्यक्रम विस्तार गरेको हो ।

जिल्लामा मकै उत्पादन वढाएर आयातलाई रोक्ने उद्देश्यले परियोजनाले काम गरी रहेको अधिकृत वस्नेतले बताए । हिउदे सिजन तथा वसन्ते सिजनमा कमैको उत्पादनमा समेत ३ गुणा वढने उनको भनाइ रहेको छ । ‘वर्षातको समयमा भन्दाहिउदे तथा वशन्ते सिजनमा गरीने मकै खेती उत्पादनमा ३ गुणाले वढी हुने गरेको छ’ अधिकृत वस्नेतले भने ।
उत्पादनमा वृद्धि हुने भए पछि कृषकहरुको आकर्षण समेत वढने गरेको छ । उत्पादन वढनुको साथै मकैको गुणस्तर उच्चहुने गरेको उनको भनाइ रहेको छ ।

यस समयमा हरियो मकै समेत सहज रुपमा विक्री हुने गरेको छ । जुनअन्य समयमा भन्दा महङगो रुपमाविक्रीहुने गरेको छ । यसरी हिउदतथावशन्ते सिजनमा गरीने मकै खती कुखुराको दानाको लागि समेत उपयुक्तहुने गरेको उनको भनाई रहेको छ । यसरी उत्पादन वृद्धि भए पछि कृषकहरुलाई फाइदाहुने छ । १ कट्टामाकरिव २२ सय घोगामकै हुने गरेको वस्नेत बताउछन् । जिल्लाका ३ बालीमकै खेतीगरीने परियोजनाले जनाएको छ । हाल जिल्लामा२ बाली मात्रखेती गर्ने गरीएको छ । यसरी ३ बाकी खेती गरीएको जिल्लाको उत्पादनसमेत वृद्धि हुने छ ।

परियोजनाले उत्पादनको आधारमा कृषकहरुलाई अनुदान समेत दिने गरेको छ । कृषहरु लाई प्रविधिको प्रयोग गरीखेती गरेमा प्रतिहेक्टर १० हजारका दरले रकम समेत दिने गरेको अधिकृत वस्नेतले बताए । जसले गर्दा कृषकहरुले प्रविधिको प्रयोग गरेर खेतीगर्ने परियोजनाको अपेक्षा रहेको छ । प्रविधिको प्रयोग नगरी खेतीगर्दा लगानी वढी हुने भएकाले कृषकहरु खेतीतर्फ आकर्षण वढन नसकेको अधिकृत वस्नेतले बताउछन् ।

प्रविधिको प्रयोग गरेमा छिटो तथालगानी समेत कमहुने बताइएको छ ।‘लागत र आम्दानीवरावर हुदाकृषिमा आकर्षण घटेको हो’ अधिकृत वस्नेतले भने । अहिले खेतीगर्नेको लागि जनशक्ति नहुदा खेती योग्य जमिन बाँझो राख्ने गरीएको छ । परियोजनाले मेसिन खरिदमा ५० प्रतिशत अनुदान दिने गरेको छ । अहिले देउखुरीका विभिन्न १० स्थानमा मकै खेतीका लागि आवस्यक पर्ने प्रविधिहरु राखिएको छ । यसरी राखिएको स्थानवाट कृषकहरुले भाँडामा प्रविधि लैजान सक्ने अधिकृत वस्नेतले बताए ।

मकै खेतीका लागिअहिले देउखुरी क्षेत्रकाजोत्ने ट्याकटर, मकै रोप्ने मेसिन, मकै गोडने मेसिन, तथा मकै छोडाउने मेसिन राखिएको छ । यसरी प्रविधिको प्रयोग गरेर कामगर्दा आफुहरु लाई खेतीगर्ने समेत सहजभएको बताएका छन् । त्यसैगरेर परियोजनाले मकै खेती गरेको स्थानमा सहज रुपमा सिंचाइको सुविधा नभएको स्थानका लागि सिंचाइमा समेत अनुदान दिने गरेको छ । सोलार मार्फत सिंचाइ पु¥याउनका लागि परियोजनाले ८५ प्रतिशत व्यहोरीदिने गरेको छ । भने कृषकले १५ प्रतिशललगानीगर्नु पर्ने अधिकृत वस्नेतले बताए ।

परियोजनाले कृषकहरुलाई प्राविधिक सहयोग समेत गदै आएको जनाएको छ । यसरी प्राविधिक सहयोग गरेमा कृषकहरुलाई खेतीगर्ने सहजभएको छ । त्यसै गरेर कृषकहरुलाई मकैको परिकारका वारेमा जानकारी तथा परिकार निर्माणका लागि तालिम समेत दिने गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*