Home / Feature Breaking news / पहिलो अभिभारा कानून निर्माण ः प्रदेश सभामुख घर्ती

पहिलो अभिभारा कानून निर्माण ः प्रदेश सभामुख घर्ती

बर्दिया, २१ असोज । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले संघ, प्रदेश र स्थानीय तहको पहिलो अभिभारा भनेको बलियो कानून निर्माण गर्नु भएको बताउनुभएको छ । आइतवार बाँसगढीमा आयोजना गरिएको बाँसगढी नगरपालिकाको निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा प्रदायक नगरपालिका घोषणा कार्यक्रममा सभामुख घर्तीले यस्तो वताउनुभएको थियो ।

लामो संघर्ष र वलिदानीवाट देशमा गणतन्त्र आएको र तिन तहको सरकार बनेको भन्दै नयाँ नेपाल निर्माण गर्न तिनै तहका सरकारको महत्वपूर्ण भूमिका रहने पनि उहाँले उल्लेख गर्नुभयो । सभामुख घर्तीले संविधानमा उल्लेख गरिएको दिशामा देशलाई अगाडि बढाउँदै स्थायित्व, समृद्धि, सुशासन र विकास दिनुपर्ने औल्याउनुभयो । संघ, प्रदेश र स्थानीय तहको विचमा बुझाइमा केही समस्या रहेको भन्दै उहाँले अव समृद्धिको दिशामा देशलाई अगाडि बढाउन सवै मिलेर लाग्नु पर्ने धारणा राख्नुभायो ।

कार्यक्रममा उहाँले शिक्षा गुणस्तर र सैद्धान्तिक रुपमा दिएर मात्र हुँदैन भन्दै सही संस्कार र सीपयुक्त शिक्षा आवश्यक रहेको पनि औल्याउनुभयो ।
सोही कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तिलकराम शर्मा हिमालले शैक्षिक क्षेत्रमा लगानी गरे मात्र समाज परिवर्तन गर्न सकिने बताउनुभयो । अर्का प्रदेश सभा सदस्य कुलप्रसाद पोख्रेलले शिक्षा सही भयो भने समाजमा सही रितिथिति र संस्कार बस्ने धारणा राख्नुभयो । यसैगरी प्रदेश सभा सदस्य कविरामा थारुले चेतना र व्यवहार परिवर्तन गरे मात्र देश परिवर्तन हुने औल्याउनुभयो ।

प्रदेश सभा सदस्य भूवनेश्वर थारुले घोषणा गरेर मात्र नहुने भन्दै सवै मिलेर व्यवहारमा नै कार्यन्वयन गर्नु पर्ने उल्लेख गर्नुभयो ।
प्रदेश नं. ५ का शिक्षा निर्देशक जितबहादुर शाहले केन्द्र, प्रदेश र स्थानीय सरकारको सहकार्यमा शिक्षालाई सर्वशुलभ र वैज्ञानिक बनाउने भन्दै पाँच वर्ष भित्र यस प्रदेशलाई शिक्षामा उत्कृष्ट शिक्षा गुनस्तरीय शिक्षा ५ प्रदेश बनाउने बताउनुभयो । उहाँले वर्दियाको बारबर्दिया र बाँसगढी दुवै स्थानीय तहमा कुनै पनि वालवालिका ५ वर्ष देखि १२ वर्ष उमेर समूहका पढ्न पाएनन् भन्ने गुनासो नआओस् भन्दै सवैले सविधानमा भएको अधिकारअनुसार निशुल्क शिक्षा पाउने र ५ नम्वर प्रदेशको योजना १२ जिल्लामा लागु गर्ने वताउनुभएको छ ।

‘वाँसगढी नगरपालिकाको प्रमुख दायित्व निशुल्क तथा अनिवर्य आाधारभुत शिक्षामा स्थायित्व’ भन्ने नाराका साथ भएको कार्यक्रममा विद्यालय जाने उमेर ५ देखि १२ वर्ष उमेरका सत प्रतिशत वालवालिकाहरु विद्यालयमा भर्ना भैसकेको तथ्य नगरपालिकाले गरेको घरधुरी सर्वेक्षणवाट प्रमाणित भएको हुदा नेपाल सरकारको नीतिअनुरुप यस्तो घोषणा गरिएको थियो ।

कार्यक्रममा सविधान सभासदस्य श्याम ढकाल, जिल्ला समन्वय समिति प्रमुख शंकर थारु, वारवर्दियाका प्रमुख दुर्गावहादुर थारु, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धिताल, उद्योग वाणिज्य संघ वासगढीको अध्यक्ष रामसिह थारु नेपाल राष्ट्रिय शिक्षक सगठनका अध्यक्ष निराजन चापागाई, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष वलराम भुजेल, शिक्षक महासंघ वर्दियाको अध्यक्ष कृष्णराज शर्मा, नेपाल शिक्षक संघका अध्यक्ष नारायणप्रसाद शर्मा लगायत अन्य अथितिहरुले शुभकामना दिनुभएको थियो ।
उक्त कार्यक्रममा विभिन्न किसिमका साँस्कृति झाँकीहरु प्रर्दशन गरिएको थियो । सो अवसरमा राम्रो नतिजा ल्याउने शिक्षकहरु र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार तथा समान पत्र प्रदान गरिको थियो । सो कार्यक्रमको सभाध्यक्ष वाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले गर्नुभएको थियो भने स्वागत उपप्रमुख शुष्मा चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*