Home / Feature Breaking news / नेपाल एयरलायन्सको टरिगाउँमा परिक्षण उडान

नेपाल एयरलायन्सको टरिगाउँमा परिक्षण उडान

दाङ, १६ असोज । नेपाल एयरलायन्सले तुलसीपुरको टरिगाउँ एयरपोर्टको परिक्षण उडान गरेको छ । प्राबिधिक सहितको टोलीले मंगलबार दिउँसो टरिगाउँ एयरपोर्टमा परीक्षण उडान गरेको हो । परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि प्राबिधिक कठिनाई नरहेको बताएका थिए ।

विहान साढे ११ बजे एयरपोर्टमा नेपाल एयरलायन्सको डाँफे बिमान अबतरण गरेको थियो । साथै प्राबिधिक टोलीले विमान सञ्चालनका लागि कुनै समस्या नहुँने भन्दै नियमित सेवा सञ्चालन गर्न सकिने बताएका थिए ।

बिगत लामो समयदेखि टरिगाउँ एयरपोर्ट नियमित सञ्चालन हुन सकेको छैन् । जसले गर्दा यहाँका नागरिकमा निरासा छाएको थियो । तर तुलसीपुर उपमहानगरपालिकाले बिमान सेवा नियमित बनाउन पहल थालिरहेको छ ।

साताको दुई पटक उडान भर्ने गरी आज परिक्षण उडान गर्ने सहमति भएको हो । यो विमानस्थल पटकपटक सञ्चालनमा आए पनि विभिन्न कारणले नियमित हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*