Home / Feature Breaking news / प्रहरीको पर्व सुरक्षा योजना ः ‘टिकट काउन्टरदेखि अपराधिक गिरोहको निगरानी’

प्रहरीको पर्व सुरक्षा योजना ः ‘टिकट काउन्टरदेखि अपराधिक गिरोहको निगरानी’

इन्द्र डिसी

दाङ १६ असोज । जिल्ला प्रहरी कार्यालय दाङले दसैं, तिहार जस्ता चाडलाई लक्षित गरेर ‘विशेष सुरक्षा योजना’ लागू गरेको छ । प्रहरी प्रमुख तथा प्रहरी उपक्षिक कृष्णहरी शर्माका अनुसार भिडभाड हुने ठाउँ, मनमन्दिर र राजमार्ग केन्द्रीत विशेष सुरक्षा योजना लागू गरिएको छ । ति ठाउँमा प्रहरीको गस्ती, पेट्रोलिङ र शादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । ‘ नागरिकलाई सुरक्षित गराउने उदेश्यले यो सुरक्षा योजना लागु गरेका छौ’ उनले भने ‘ योजना अन्तर्गत प्रहरी शुरक्षा दिने छ ।’

विशेष गरेर नेपालीहरुको महानपर्व दशै र तिहार आउँदै छन् । दशै शुरु हुन अव एक साता बाँकि छ । असोज २४ गते यो वर्षको दशैको घटस्थापना छ । त्यसैगरेर कार्तिक २ गते दशैको टीका छ । पर्वको लागि भनेर अव घर बाहिर रहेका गाउँ फर्कन थालेका छन् । ‘पर्वमा मानसिको भिडभाड हुने भएकोले पनि सुरक्षा व्यवस्था आवश्यक छ’ प्रहरी प्रमुख शर्माले भने ‘शान्ति सुरक्षालाई सुदृढ बनाई जिल्लाको जनजीवन सहज र सरल बनाउने उद्देश्य नै प्रहरीको मुख्य ध्यान छ ।’

sp sharma

पर्वमा गुण्डागर्दी, अपराधिक घटना तथा उछङखल गतिविधि हुने सम्भावित क्षेत्र र त्यस्ता व्यक्तिहरुलाई प्रहरीले विशेष निगरानीमा राखेको छ । ‘सुरक्षाको हिसावले जोखिम, भिडभाड बढि हुने तथा आपराधिक घटना हुने सम्भावित विभिन्न स्थानमा सादासहितका प्रहरी टोली परिचालन गरेको छ’ उनले भने । त्यसैगरेर राजमार्गमा समेत विशेष सुरक्षा योजना लागु गरेको प्रहरीले जनाएको छ । विशेष गरेर लमहीदेखि अमेलिया र फुलवारीको सानीलेखदेखि अमेलियासँग जगल क्षेत्र छ । ति क्षेत्र शुरक्षाको दृष्टिले उच्च जोखिम क्षेत्र हुन । विगतमा ति क्षेत्रमा सवारी साधन र यात्रुमाथिनै लुटपाट हुने गरेको थियो । प्रहरीले ति क्षेत्रमा विगतमा राजमार्ग शुरक्षा योजना बनाएर सुरक्षा दिने गरेको थियो । यो पटक पनि त्यो कार्यलाई निरन्तरता दिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी चाडबाडमा बढी भीड हुने स्थानहरु टिकट काउन्टर, बैंक तथा वित्तिय संस्थाहरुमा विशेष निगरानीका साथ प्रहरीहरु परिचालन गरिएको उनले बताए । नागरिकको सुरक्षाका लागि दाङको विभिन्न स्थानमा छुट्टै गस्ती टोली पनि परिचालन गरेको छ । गस्ती टोलीले दसैंमा उपत्यकावाट दाङ आउने र दाङवाट बाहिर जाने यात्रुहरुलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन ट्राफिक प्रहरीसँग आवश्यक सहकार्य गरेर काम भैराखेको बताए ।

दसैं, तिहार लक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउन आवश्यक्ता अनुसार जनशक्ति परिचालन गरेको समेत उनले बताए । ‘शुरक्षा जनशक्ति जिल्लामा प्रयाप्त छ’ उनले भने ‘ त्यो अनुसार जिल्लाको सुरक्षा व्यवस्था मिलाउने काम भएको छ ।’ मुख्यमुख्य बजार, सिमा नाकाहरुमा पनि व्यापक मात्रामा सुरक्षा टोली परिचालन गरीएको छ ।

गोरक्ष दैनिकवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*