Home / Feature Breaking news / चावपर्ड लक्षीत सहायता कक्ष स्थापना

चावपर्ड लक्षीत सहायता कक्ष स्थापना

दाङ, १५ असोज

हिन्दुहरुको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा सहायता कक्षा स्थापना गर्न सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीको बसपार्कमा सहायता कक्षा स्थापना गरेको छ ।

सोमवार सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वको समयमा यात्रुहरुको चाप बाक्लो हुने र सो समयमा यात्रुहरुले विभिन्न समस्या भोग्न सक्ने भएकाले ती समस्या समाधानकालागि नागरिक सहायता कक्षा स्थापना गएिको हो ।

IMG_3581

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवरले सहायता कक्ष जिल्लाका हरेक बसपार्क तथा ट्राफिक पोष्टहरुमा राखीने बताउनुभयो । उहाँले सोमवार घोराहीको बसपार्क, ट्राफिक चोकमा सहायता केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । यस्तै सोमवार नै लमहीमा पनि नागरिक सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।
सहायता कक्षमा यात्रा गर्दा विभिन्न असुविधा हुने, लुटपाट, दोहोरो टिकट, सामान हराउने एवं अभद्र व्यवहार हुन सक्ने भएकाले समस्या समाधानकालागि विभिन्न नम्बरहरु दिईएको छ ।

जसमा ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको फोन नम्बर ०७१–५४०७००, कन्ट्रोलन १०३, जिल्ला प्रहरी कार्यालय दाङको फोन नम्बर ०८२–५६०१९९, कन्ट्रोलको सम्पर्क नम्बर १००, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको फोन नम्बर ०८२–५६००४१ कार्यालय प्रमुखको मोबाईल नम्बर ९८५७८३५३३१, ट्राफिक प्रहरी तुलसीपुर ९८५७८९०२१३, अस्थाई ट्राफिक प्रहरी कार्यालय लमहीको फोन नम्बर ९८५७०९००२७ र अस्थाई ट्राफिक पोष्ट भालुवाङको फोन नम्बर ९८५१२८२४२५ रहेका छन् ।

समस्या परेमा आफू रहेको नजिकको यी नम्बरमा सम्पर्क गर्न सकीने जिल्ला ट्राफिक प्रहरी प्रमुख कुवरले सम्पूर्ण यात्रुहरुमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*